मध्यराती ओलीलाई फकाउन देउवाले चाले यस्तो चाल
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन नयाँ चाल चालेका छन् । अध्यादेश ल्याएर पार्टी फुटाइदिएको भन्दै नेकपा एमालेले संसद अबरुद्ध गरिरहेको छ ।
संसदको गतिरोध अन्त्य गर्नका लागि देउवा सर्वदलीय बैठक बोलाएका छन् । यो बैठक ओली फकाउने रणनीतिका रुपमा बुझिएको छ ।
शनिबार बिहान साढे ९ बजेका लागि बोलाइएको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रमुख प्रतिपक्ष दल एमालेले भने यसअघिको सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।
एमालेले शनिबार के गर्छ भन्नेबारे जानकारी दिइएको छैन ।