प्रचण्डको अति गोप्य कदम सार्वजनिक भएपछि बालुवाटारमा खैलाबैला

सोमबार, १७ माघ २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अति गोप्य रुपामा चालेका कदम सार्वजनिक भएपछि बालुवाटारमा खैलाबैला मच्चिएको छ । प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग कुराकानी गरेको बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा झस्किएका छन् ।

विवादास्पद अमेरिकी सहयोग परियोजना एमसीसी फेरी पेचिलो बनेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ सँग कुराकानी गरेका थिए ।

प्रचण्ड र सोङ ताओ बिच भएको कुराकानीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको बुझिएको छ । चिनले नेपालले कुनै पनि हालतमा एमसीसी पास नगरोस् भन्ने चाहेको बताइन्छ । प्रधानमन्त्री देउवाले तत्काल एमसीसी पास गर्ने गरी कदम अघि बढाए पछि चिनले पनि उच्चस्तरीय सक्रियता बढाएको अनुमान गरिएको छ ।

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख सोङ ताओबीच भर्चुअल कुराकानी भएको छ । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न फुल हाउसमा पेस गर्ने वा नगर्ने भन्दै सत्ता गठबन्धनभित्र चर्चा भइरहेकै बेलामा माघ १५ गते पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल र सोङबीच भएको भर्चुअल कुराकानीलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

सोङले आफ्नो विदेश विभागको टोलीसहित कुराकानी गरेका थिए भने दाहालले भने कोठामा एक्लै बसेर कुराकानी गरेका हुन् । यस वार्ताको विषयमा दाहालले आफ्ना सचिवालयका पदाधिकारीहरूलाई समेत आइतबार बेलुकासम्म जानकारी दिएका छैनन् । त्यसै कारणले सीसीपीको विदेश विभागले उक्त वार्ताबारे सार्वजनिक गरेपछि मात्र सूचना बाहिर आएको हो ।

सीसीपीको अन्तर्राष्ट्रिय विभागबाट प्राप्त सूचनाअनुसार सोङले दाहाललाई अध्यक्षमा फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए । ८औं महाधिवेशनमा दाहाल पुनस् अध्यक्षमा निर्वाचित भएका हुन् सोङले वार्ताका क्रममा चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत छिमेकी र साझा भविष्यका विकास साझेदार भएको उल्लेख गरेका छन् ।

चीनमा सीसीपी विदेश विभागका प्रमुखलाई धेरै महत्त्वपूर्ण व्यक्तिका रूपमा दिइन्छ । चीनको विदेश नीति नै सीसीपीको केन्द्रीय समितिले निर्माण गर्ने भएकोले त्यसमा विदेश विभागको महत्त्वपूर्ण भूमिका हुन्छ । साथै, विदेश विभाग प्रमुख सोङ नेपाल मामिलामा जानकार समेत मानिन्छन् ।

राष्ट्रपति तथा महासचिव सी जिनपिङले सन् २०१९ को अक्टोबरमा नेपालको ऐतिहासिक भ्रमण गरेको तथा दुई पक्षले विकास र समृद्धिका लागि चीन र नेपालबीचको मित्रता र मित्रताको रणनीतिक साझेदारीको स्थापनाको घोषणा गरेको पनि विदेश विभागद्वारा वार्ताबारे जानकारी दिइएको सूचनामा उल्लेख छ ।

‘दुई देशबीचको सम्बन्ध द्रुत विकासको नयाँ युगमा प्रवेश गरेको छ । परम्परागत मित्रतालाई सुदृढ गर्दै, राजनीतिक आपसी विश्वासलाई प्रगाढ गर्दै दुई देशका राजनीतिक दलको राजनीतिक नेतृत्वदायी भूमिका खेल्दै दुई देशका नेताहरूले तोकेको विकासको दिशालाई पछ्याउन चिनियाँ पक्ष नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक छ,’ सोङले दुई पक्षीय कुराकानीमा भनेका छन् ।

उनले बेल्ट एन्ड रोड ढाँचाअन्तर्गत ठूला परियोजनाहरूलाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै र विभिन्न क्षेत्रहरूमा व्यवहारिक कार्यान्वयन पनि उल्लेख गरेका छन् । ‘दुई देश र दुई जनतालाई अझ राम्रो लाभान्वित गर्न हिमालय पार बहुआयामिक अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्न सहयोग गर्छ,’ उनले भनेका छन् । नेपालले सन् २०१७ मा बीआरआईमा सम्झौता गरेको थियो ।

सोङ सीपीसीले माओवादी केन्द्र र नेपालका अन्य प्रमुख दलहरूले दीर्घकालीन मैत्रीपूर्ण आदान–प्रदान कायम राखेकाले चीन–नेपाल सम्बन्धको स्वस्थ र स्थिर विकासमा महत्त्वपूर्ण भूमिका उल्लेख गरेका छन् ।

‘हामी माओवादीसँग र देशको शासन सञ्चालनका अनुभवको आदान–प्रदानलाई निरन्तरता दिन, पार्टी निर्माण र अन्य पक्षमा सहकार्यलाई सुदृढ गर्न तथा चीन–नेपालको विकासमा थप योगदान दिन इच्छुक छौं,’ उनले भनेका छन् । सोङले दाहाललाई बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको तयारीको बारेमा पनि जानकारी दिएका छन् ।

दाहालले भने ओलम्पिकका लागि चीनलाई बधाई दिए । उक्त शीतकालीन ओलम्पिकमा नेपालबाट खेल्नको लागि कोही पनि छनोट भएको छैन । शीतकालीन ओलम्पिकमा भाग दिने नेपालको एकमात्र खेल संघ स्की हो । नेपाल ओलम्पिक कमिटीका अनुसार उक्त संघका एक खेलाडी रहेकोमा उनी छनोट हुनै सकेनन् ।