केपी ओलीलाई तत्काल प्रधानमन्त्री नियुक्त गर्न माग, यस्तो छ कानुनी कारण

बुधबार, ४ फाल्गुन २०७८

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल प्रधानमन्त्री नियुक्ती गर्न माग भएको छ । एकाएक सत्तापक्षकै सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महअभियोग प्रस्ताव दर्ता गरे पछि यस्तो माग उठेको हो ।

आफूलाई पब्लिक इनोभेटरको रुपमा चिनाउँने इन्जीनियर दिपेन्द्र कन्डेलले परमादेश जारी गरेर प्रधानमन्त्री बनेकाहरुलेनै परमादेश जारी गरेका प्रधानन्यायाधीशलाई महाअभियोग लगाएका कारण परमादेश गलत थियो भन्ने प्रमाणित भएकाृ बताएका छन् ।

कन्डेलले सत्तागठबन्धनलेनै प्रधानन्यायाधीशमाथि महाअभियोग लगाए पछि परमादेश गलत थियो र तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघठन र राष्ट्रपति विद्यादेवी भणडारीले संसद विघठन सदर गरेर निर्वाचन घोषणा गरेको सहि थियो भन्ने प्रमाणित भएको बताएका हुन् ।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउँदा देउवा र प्रचण्ड नराम्रोसँग चुकेको भन्दै कन्डेलले यसले एमाले अध्यक्ष ओलीलाईनै खेल्न सहयोग मिलेको जिकिर गरेका छन् । सत्तापक्षले खेलको फ्लोर ओपन गरेको भन्दै उनले अब खेल भने केपी ओलीले खेल्ने र त्यसलाई सामना गर्न तयार रहन पनि देउवा प्रचण्डलाई चुनौती दिएका छन् ।

परमादेशबाट प्रधानमन्त्री तोकेकै कारण खेल विकास भएर प्रधानन्यायाधीशलाई महाअभियोग आएको भन्दै कन्डेलले भने, ‘महाअभियोगमा प्रधानन्यायाधीश राणाले राम्रोसँग न्यायसम्पादन गर्न नसकेको भनिएको छ, राम्रोसँग न्यायसम्पादन गर्न नसकेको भनेको परमादेश पनि त पर्यो होलीनी ? यसले त सत्तापक्षलेनै परमादेश गलत थियो भन्यो नी, हो यहाँ चुके उनीहरु ।’

कन्डेलले परमादेशनै गलत भएको प्रमाणित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले असार २८ गते जारी परमादेशलाई अस्विकार गर्दै केपी ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न पनि माग गरेका छन् । राष्ट्रपति भण्डारीले तत्काल कानुनविदहरु सँग यस बिषयमा परामर्श सुरु गर्नु पर्ने धारणा पनि उनले राखेका छन् ।

चुनाव अघिनै केपी ओली फेरी पनि प्रधानमन्त्री बन्ने अवस्था आएको भन्दै कन्डेलले यति बेला ओलीको टिमले निकै चलाखी र होसियारी पूर्वक कदम चाल्ने हो भने केहि समय भित्रै ओली व्यान बाजा बजाएर सिंहदरबार र बालुवाटार छिर्ने दिन आएको पनि जिकिर गरेका छन् ।

कन्डेलले अब ढिलो नगरीकन एमालेले परमादेश जारी गर्ने बाँकी चार जना न्यायाधिशहरुलाई पनि महाअभियोग दर्ता गरिहाल्नु पर्ने बताएका छन् ।

टिट फर ट्याट गर्नै पर्ने भन्दै उनले अब ओलीको हातमा बल आएको र उनले चाल्ने गोटीले सत्तापक्ष एकै पटक ९९ बाट ४ मा आइपुग्ने दाबी गरेका छन् ।