प्रचण्डले सोधे गायक राजेशपायल राईलाई एउटा सिरियस प्रश्न

बिहिबार, ५ फाल्गुन २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कलाकारसँग भेटघाट गरेका छन् ।

प्रचण्डले गायक राजेशपायल राई, कलाकार सन्दीप क्षेत्री, संगीतकार चेतन सापकोटा, मोडल करिश्मा ढकाल, गायिका कल्पना दाहाल लगायतका कलाकारलाई छुट्टा छुट्टै भेटेका हुन् ।

बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर कलाकारले भेटघाट गरेका हुन् । प्रचण्डको चाहना अनुरुप कलाकार टोली प्रचण्ड निवास खुमलटार पुगेको थियो ।

कलाकारलाई खुमलटार पुर्याउने काम संगीतकार चेतन सापकोटाले गरेका थिए ।

प्रचण्डसँगको भेटमा कलाकारले नेपाली गीतसंगीत, पछिल्लो समयको राजनीति, एमसीसीका बिषयमा कुराकानी गरेका थिए ।

प्रचण्डले लोकदोहोरी गायिका कल्पना दाहाल, मोडल करिश्मा ढकाल, राजेशपायल राई, सन्दीप क्षेत्रीलगायत केही कलाकारबाट प्रभावित भएको भन्दै भेट्न बोलाएको संगितकार चेतन सापकोटाले बताए ।

‘उहाँहरुको प्रतिभाबाट म प्रभावित भएँ चियाका लागि बोलाउनु, शुभकामना दिनु पर्यो भन्नु भएको थियो’ सापकोटाले भने ‘सोही अनुसार भेट गरेका हौँ । केही कालाकार भने स्वास्थ्यमा समस्या भएका कारणले सहभागी हुन सकेनन् ।’

भेटमा गायक राइले नेपाली गीतसंगीतको विकास, जनयुद्ध र पछिल्लो राजनीतिको बिषयमा कुराकानी गरेको सापकोटाको भनाइ छ ।

भेटमा प्रचण्डले गायक राईलाई राजनीतिमा आउने सोच रहेको छ कि छैन भनेर समेत सोधेका थिए । सो अवसरमा राईले राजनीतिमा आउने अहिले सोच नभएको बताएको सापकोटाले जनाकारी दिए ।