गृहमन्त्री बोलेको ३७ सेकेण्डको भिडियोले ह्वात्तै घट्ने भयो प्रचण्डको भोट

शुक्रबार, ४ चैत्र २०७८

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण बोलेको एउटा भिडियोले नेकपा माओवादी केन्द्रका भोट ह्वात्तै घट्ने भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न मुख्य भुमिका खेल्ने दल माओवादी केन्द्रले ल्याएको व्याख्यात्मक टिप्पणीमाथि बारे आएको धारणले माओवाटीको भोट ह्वात्तै घट्ने भएको हो ।

नेपाली कांग्रेसका चर्चित नेता देखि मन्त्रीहरुसम्मका अभिव्यक्ती सुन्दा आसन्न चुनावमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी र माधव कुमार नेपाल नेतृत्वको नेकपा एसको स्थानको सम्भावित परिदृश्य देखिन थालेका छन् ।

सुरुमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी प्रतिनिधि सभाबाट पारित गर्न सरकारमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मान्दै मानेनन्। जसका कारण सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस निकै अप्ठेरोमा प¥यो।

तर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी संसदबाट पासका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेतिर नजिकिन थाले।

त्यही एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘प्रतिगमन’विरुद्ध बनाइएको गठबन्धन नै छिन्नभिन्न हुने खतरा देखिएपछि अन्ततः नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्न राजी भए। र, प्रतिनिधि सभाको बहुमतले व्याख्यात्मक घोषणाका साथमा एमसीसी पारित ग¥यो।

तर एमसीसी विरोधीहरूले व्याख्यात्मक घोषणा केवल जनता ढाँट्ने खेल भएको टिप्पणी गरे। एमसीसीकै कारण नेकपा माओवादी केन्द्रमा ठूलो मतभेद भयो। पार्टी फुट्छ कि भन्नेसम्मका चर्चा चले। तर पछि अध्यक्ष प्रचण्ड असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठलाई फकाउन सफल भए र चुनाव अघिसम्म यो विषयमा छलफल नगर्ने सहमति भएको छ।

यहीबीच नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले भने व्याख्यात्मक घोषणा कुनै फरक कुरा नभएको, एमसीसी सम्झौताकै बुँदालाई नेपालीमा पनि लेखिएको बताएका छन्।

उनले बोलेको उक्त भिडिओ सामाजिक सञ्जालमा छाएको छ। जसलाई सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि रिट्विट गरेका छन्।

भिडिओमा गृहमन्त्री खाँण भनिरहेका छन्, ‘व्याख्यात्मक घोषणा भनेर दुइटा पन्ना त्याँ टाँस्देपछि उहाँहरू मान्नुभो। त्यो दुइटा पन्नामा पनि एमसीसी सम्झौताभित्र जे छ, त्यही छ त्याँ।’

‘एमसीसी सम्झौताभित्र जे छ नि, एमसीसी सम्झौताभित्र इङ्लिसमा छ, व्याख्यात्मक घोषणा चाइने इङ्लिस र नेपालीमा छ, व्याख्यात्मक घोषणा भनेपछि उहाँहरूले मान्दिनुभो, मान्दिनुभएकोमा धन्यवाद, व्याख्यात्मक घोषणा टाइप गर्ने साथीहरूलाई पनि धन्यवाद।’