घर–घरमा पैसा बाढ्दै एमाले, तपाईँको भागमा कति ?

शनिबार, १२ चैत्र २०७८

काठमाडौँ – नेकपा एमालेले आगामी निर्वाचन आफ्नो पक्षमा पार्नका लागि घर–घरमा पैसा बाँढ्न थालेको छ । यो झापा क्षेत्र नम्बर ३ को खबर हो ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको क्षेत्रमा नेकपा एमालेका नेता तथा व्यापारी दुर्गा प्रसाईले प्रत्येक घरमा ३ हजार ५ सयका दरले पैसा वितरण गरिरहेका छन् ।

मार्सी उपमानले परिचित दुर्गा प्रसाईले ३ नम्बर क्षेत्रबाट चुनाव लड्ने तयारीसहित घरघरमा पैसा वितरण गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई कांग्रेस नेता सिटौलाविरुद्ध उम्मेदवार बनाएर मैदानमा पठाउने तयारी गरेको श्रोतको भनाई छ ।

अहिलेदेखि नै प्रसाई उक्त क्षेत्रमा दौडधुप गर्दैछन् । उनले घरघर गएर ३ हजार ५ सय तिर्दै परिवारका पाँच जना सदस्यसम्मको स्वास्थ्य बिमा गर्दै हिँडेका छन् ।

नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम प्रसाईंको निम्ति ‘फाइदै फाइदा भएको छ ।