स्थानीय निर्वाचन : कांग्रसको निर्णयले एमालेलाई हाइसक्चो

मंगलबार, १५ चैत्र २०७८

काठमाडौँ – नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् ।​

कांग्रेसको उक्त निर्णयले नेकपा एमालेलाई हाइसन्चो भएको छ । केन्द्रबाट स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनका चार दलले तालमेल गर्ने डरले त्रसित एमालेलाई यो निर्णयले हाइसन्चो भएको हो ।

स्थानीय निर्वाचनमा बहुसङ्ख्यक स्थानीय तहमा नेपाली काँग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय भएको प्रवक्ता महतले बताए ।

उनले भने, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरूप कार्य अगाडी बढाइने छ । यो विषयमा यहाँहरूले पार्टीमा विभाजन छ, दुई धार छ भनिराख्नुभएको थियो । अन्ततोगत्वा सर्वसम्मतिबाट यो स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नीतिगत निर्णय पार्टीले सर्वसम्मत बाट गरेको छ ।’

यो निर्णयले नेकपा एमालेसँग पनि गठबन्धन गर्न सक्ने सम्भावनालाई समेत जिवित राखेको छ ।