अब चाँही सुरु भयो बुद्ध एयरको उँदोगती

आइतबार, २७ चैत्र २०७८

काठमाडौं – बुद्ध एयरको उँदोगती सुरु भएको छ । हवाई जहाजमा यात्रा गर्दा सलाइ–लाइटर जस्ता आगो बाल्ने सामान यात्रुले बोक्न नपाइने नियम भएपनि बुद्ध एयरले सुरक्षा चेक जाँचमा लापरवाही गर्दा आगलागी हुनबाट जोगिएको छ । बुद्ध एयरको लापरवाहीका कारण जनताको विश्वास ह्वात्तै घटेको छ ।

काठमाडौंबाट शुक्रबार साँझ भद्रपुर गएको एउटा जहाजमा उडानकै क्रममा यात्रुले भित्रै चुरोट सल्काएपछि सुरक्षा चुनौती बढेको हो । लाइटर खसेर आफ्नै पाइन्टमा आगोको झिल्कोले पोलेको समेत भेटिएपछि झन ठूलो त्रास उत्पन्न भएको थियो ।

विमान अवतरण लगत्तै ती यात्रुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन्।भद्रपुर विमानस्थलले घटनाको पुष्टि गरेको छ। विमानस्थल प्रमुख मुराहरि पौडेलका अनुसार बुद्ध एयरको नाइन एन–एएनएफ कलसाइन ९५७ उडानमा सवार यात्रुलाई पक्राउ गरिएको हो।

एकजना यात्रुले जहाजभित्रै धुम्रपान गर्ने क्रममा आफ्नो पेन्ट पनि केही जलेको खुल्यो। उहाँको मानसिक अवस्था ठिक नभएको शंका छ,’ उनले भने, ’थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।’

उनीसँगै सवार दुईजना साथीले त्रिभुवन विमानस्थलको स्मोकिङ जोनमा प्रयोग गरिएको लाइटर भूलवस जहाजमा लिएर पुगेको सुरक्षा अधिकारीलाई बताएका छन्। हवाई यातायात सेवा लिने क्रममा सलाइ, लाइटर लगायतका वस्तु बोक्न पाइदैन।