नेकपा खोटाङले पाँच रोपनी खेतमा रोप्यो धान

मंगलबार, १३ बैशाख २०७९

खोटाङ – नेपाल कम्युनिस्ट पार्टीले खोटाङ पार्टीको केन्द्रीय नीति अनुसार उत्पादन व्यस्त भएको छ । नेकपाले खोटाङको रावाँ वेसी गाउँपालिकामा पाँच रोपनी जग्गामा धान रोपेको छ ।

वडा नम्बर चारको खेतमा नेकपाले धान रोपेको हो । पाँच रोपनी जमिनमा दुई दिन लगाएर धान रोपेको किराँत राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक जीवन किराँतीले बताए ।

रोपाँई कार्यक्रममा संयोजक किराँतीसहित जिल्ला पार्टी सदस्य वा कार्यलय सचिव सुदिप शर्मा, पार्टी सदस्य तुला बा. मगर, गोपाल बुदाथोकी, युवा सगठन नेपालका जिल्ला संयोजक कमल थापा, जनपत्रकार सगठन नेपालका खोटाङका अध्यक्ष सयन्द्र नाछिरिङ राई लगायत स्थानीय वासीन्दाहरुको उपस्थिति रहेको थियो ।