एमालेको ओरालो यात्रा सुरु, मुगुबाट पनि नमज्जाले बढारियो !

शुक्रबार, ६ जेष्ठ २०७९

काठमाडौँ – मुगु  जिल्लामा नेकपा एमाले एउटा उपाध्यक्षमै सीमित भएको छ । यहाँका चार वटा स्थानीयतहमा एमालेले प्रमुख पदमा जित्न सकेन । केही ओडाहरुमा जित निकालेपनी पालीकाको प्रमुखबाट भने नमज्जाले बढारिएको छ, सबै पालीक आफैले जित्ने दावी गरेतापनी अन्तिम नतिजा आउदासम्म एउटा पालिकाको उपप्रमुखमा मात्र  सिमित रहेको हो।

छाँयानाथ रारा नगरपालिकामा प्रमुखमा कांग्रेसका बिष्णुकुमार भाम तथा उपप्रमुखमा ऐश्वर्य मल्ल जित्न सफल भएका छ्न ।

मुगुम कार्मँरोङ गाउँपालिकामा पनि अध्यक्षका कांग्रेसकै छिरिङ क्याप्ने लामाले जितेका छ्न भने उपाध्यक्षमा एमालेकि छिरिङ पुटि तामाङ्ले जितेकी छ्न ।

सोरु गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका धर्मबहादुर शाही र उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाही विजयी भएका छ्न । त्यस्तै खत्याड गाउपालिकामा अध्यक्षमा माओवादीका अजबहादुर शाही र उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया विजयी भएकी छन् ।

जिल्लाका दुई पालिका प्रमुख, तीन उपप्रमुख र १८ वडाअध्यक्षसहित कांग्रेस पहिलो स्थानमा देखिएको छ ।

माओवादीले एक पालिका अध्यक्षसहित ७ वटा वडाध्यक्ष जितेको छ ।

एकीकृत समाजवादीले एक वडाध्यक्ष र एक पालिका अध्यक्ष जितेको छ । एमालेले एक उपाध्यक्षसहित १६ वडामा जितेको छ ।

सोरु गाउँपालिका कांग्रेस माओवादी र एकीकृत समाजवादीले गठबन्धन नगरी अलग(अलग निर्वाचन लडेको भए समाजवादीलाई पनि अध्यक्ष जित्न गाह्रो हुन्थ्यो ।

०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले एक प्रमुख, ४ उपप्रमुख र २१ वडामा जितेको थियो ।

कांग्रेसले ३ प्रमुखसहित १६ वडामा जितेको थियो भने माओवादी ८ वडामामात्रै जितेको थियो ।