अमेरिकी विदेश मन्त्रीले नै युक्रेन रुससँग झुक्नुपर्छ भनेपछि, विस्वभर तरंग
काठमाडौँ – पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिङ्गरले युक्रेनले रुससँग सम्झौता गर्न र तीन महिना लामो युद्ध अन्त्य गर्न आफ्नो हिस्सा दिनुपर्ने बताएपछि बिस्वभर तरंग छाएको छ । युक्रेन अमेरिकाको उक्साहटका कारण युक्रेन बिरुद्ध युद्ध छेडिरहेको छ भन्ने बिस्लेसण गरिरहेको अबस्थामा ट्जरल्याण्डको डाभोसमा चलिरहेको विश्व आर्थिक मञ्चको बैठकमा हेनरी किसिन्जरले यी यस्तो बताएपछि बिस्वभर तरंग छाएको हो ।
उनले रुससँग वार्ता सुरु नगर्दा र रुसको विरोध जारी राख्दा युरोपको स्थायित्वमा नराम्रो असर पर्ने बताए। यसको परिणाम लामो समयसम्म रहने उनको भनाइ छ।
उनले भने, ‘अझै तनाव बढेर युद्धबाट बाहिर निस्कन गाह्रो हुनुअघि नै अबको दुई महिनामा वार्ता सुरु गर्नु जरुरी छ। विभाजन रेखा यथास्थितिमा फिर्ता हुनु पर्छ। यहाँबाट युद्धलाई अगाडि बढाउनु युक्रेनको स्वतन्त्रताको कुरा होइन, बरु रुसविरुद्ध नयाँ युद्ध सुरु गर्नु हो।
हेनरी किसिङ्गरले संकटकालमा महादेशमा शक्ति सन्तुलन कायम राखेर रुस ४०० वर्षदेखि युरोपको महत्वपूर्ण हिस्सा रहेको बताए। पश्चिमी देशहरूले युरोपमा रूसको महत्त्वलाई सम्झनुपर्ने र आवेगमा काम गर्नु नहुने बताए। सन् १९७० को दशकमा किसिङ्गर राष्ट्रपति रिचर्ड निक्सन र जेराल्ड फोर्डको सरकारमा थिए। किसिङ्गरले युद्धको चेतावनी दिएका छन्।
यसै वर्ष २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेको थियो। दुई देशबीच अहिले पनि युद्ध जारी छ। रुस युक्रेन नेटोमा सामेल हुने कुराको विपक्षमा छ। बीबीसी