चितवनमा पनि बाघ आतंक, एउटी महिलालाई सर्लक्कै खायो !

मंगलबार, २४ जेष्ठ २०७९

काठमाडौँ  – चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिक घैलाघारी मध्यवर्ती सामुदायिक वनमा मंगलबार दिउँसो बाघको आक्रमणमा परेकी स्थानीय मंगली बोटेको अवस्था अज्ञात रहेको छ ।

भरतपुर महानगरपालिमा(२३ घैलाघारीकी मंगली चाररपाँचजना साथीहरूसहित निगुरो टिप्न सामुदायिक वनमा गएकी थिइन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार दिउँसो चार बजेतिर मंगलीलाई बाघले आक्रमण गरेर जंगलभित्र लगेको उनीसँगै गएका अन्य साथीहरूले प्रहरीलाई जानकारी गराएका थिए । कसराबाट चारवटा हात्तीसहित सेनाको टोली र गीतानगरको इलाका प्रहरी कार्यालयको टोली खोजतलासमा जुटे पनि सवा पाँच बजेसम्म केही पत्ता नलागेको डीएसपी अधिकारीले बताए ।

चितवनमा यस वर्ष बाघले मान्छेमाथि आक्रमण गरेर ज्यानै लिने घटना अत्याधिक रूपमा बढेको निकुञ्ज कार्यालयले जानकारी गराएको छ । अहिले सम्मपनि महिलाको लास नभेटिएपछि पुरै सरिर खाइसकेको आसंका गर्न थलिएको छ ।