SPP सम्झौता बिरुद्ध सान्दार मसाल जुलुस सम्पन्न
उदयपुर – नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टी उदयपुरले राजबन्दी रिहाइ र राष्टघाती SPP सम्झौता विरुद्ध मसाल जुलुस गरेको छ।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारको निलो पुलबाट नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले मसाल बोकेर रास्ट्रघाति mcc र SPP खारेज गर, बढ्दो मंहगी नियन्त्रण गर, भ्रष्टाचारिलाई कार्बाहि गर, बन्दिहरु रिहाई गर जस्ता नाराहरु लगाउदै बजार परिक्रमा गरि मेन चोकमा गएर कोणसभा गरेका थिए।
उक्त कोण सभामा बोल्दै नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मणले राषघाती mcc सम्झौता कुनै पनि हालतमा कार्यनयन गर्न नदिने कुरा बताए।
उनले संसदिय ब्यबस्थामा हत्याहिंसा, बलात्कार, लुटपाट, चोरीपैठारी, महङ्गी, कालो बजारी र मुल्य वृद्धि दिनहुदिन भइरहेकोले नेपाली जनता यसको प्रतिकारमा उत्रिनु पर्ने बताए ।
‘सरकारले नेकपासंग गरेको तिन बुदे सहमतिमा एक बुदे मात्रै सहमति कार्यनयन गरेको र अरु दुई बुदे सहमति कार्यनयन सरकारले नगरेको कारण हामीले संकेतिक रूपमा यो कार्यक्रम मात्रै गरेको हो ।’ उनले भने।
सरकारले यसरी नै ढिलासुस्ती गरेर हाम्रो मागलाई बेवास्था गरेर हाम्रा बन्दी साथीहरू नछाड्ने र झुट्टो मुद्दा खारेज राज्यले नगर्ने हो भनि ईटको जवाफ पथरले दिने राज्यलाई चेतावनी समेत दिएका थिए।
देश अहिले संकट्पुर्ण अवस्थामा रहेकोेले देशलाई बचाउनका लागि देशलाई माया गर्ने राष्ट्रप्रेम, बुद्धिजीवी, कर्मचारी, मजदुर , किसान सबैलाई नेकपाले ल्याएको कार्यक्रमलाई साथ र सहयोग दिनको लागि आह्वान गरेका थिए।