केन्द्रिय सरकारलाई मात खुवाउने गरि बालेनले ल्याए महानगरको नीति तथा कार्यक्रम
काठमाडौँ – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
काठमाडौं महानगरपालिका
आर्थिक वर्ष २०७९( ८० को नीति तथा कार्यक्रम
‘सांस्कृतिक सहर, समृद्ध महानगर’
काठमाडौँ महानगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर सभाका सदस्यहरु,
काठमाडौँ महानगरपालिकाको नगर सभाको एघारौं अधिबेशनमा हार्दिक स्वागत गर्दछु।
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम यस गरिमामय नगर सभाको बैठकमा प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। सम्बत् २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामीलाई मतदान मार्फत निर्वाचित गर्नुहुने आदरणीय काठमाडौँ महानगरबासी आमा, बुवा, दाजुभाई, दिदीबहिनीहरु लगायत सबैमा हार्दिक आभार प्रकट गर्दछु। यस अवसरमा म नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र स्वशासनको लागि नेपाली जनताले गर्दै आएका जनआन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सहिदहरु प्रति भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछु।
संघीय राजधानी काठमाडौँको विकास, सुधार र समृद्धिका लागि नेपालको संबिधान तथा संघीय, प्रदेश र स्थानीय कानुनद्वारा प्रदत्त हक अधिकारको प्रचलन गर्न तथा कानुनतस् निर्देशित काम, कर्तब्य र दायित्व निर्वाह गर्न हामी प्रतिबद्ध छौं। काठमाडौँको इतिहास, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्नु हाम्रो पहिलो कर्तब्य हुन आएको छ। संस्कृतिमा आधारित पर्यटन काठमाडौँको सम्भावनाको पहिलो क्षेत्र हो।
सुरक्षित सहरीकरण र सहरी सुब्यबस्था काठमाडौँको लागि अर्को सुधार गर्नुपर्ने क्षेत्र देखिएको छ। काठमाडौँको फोहर ब्यबस्थापन लामो समयदेखि समस्याको रुपमा रहँदै आएको सन्दर्भमा यसको दीगो र बैज्ञानिक ब्यवस्थापन हाम्रो प्रस्थान बिन्दु बनेको छ। सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम प्रयोग गर्न अनिवार्य छ। स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी काठमाडौँलाई बस्न योग्य सहर बनाउने हाम्रो ध्येय रहेको छ।
आन्तरिक सुशासन र सवल प्रशासनको विकासबाट हामीले अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुने भएकाले यो नीति तथा कार्यक्रम त्यसतर्फ नै निर्देशित रहेको छ। जनतासंग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, सामाजिक बिकास, युवा तथा खेलकुद, भौतिक पूर्बाधार विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, विपद ब्यवस्थापन, न्याय निरुपण, मानब अधिकार प्रबर्धन जस्ता बिषयगत क्षेत्रहरुका लागि बिशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु।
आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयन गर्न आम महानगरबासी तथा सबै पेशा, व्यवसायमा आबद्ध महानुभाबहरुको सहयोग, समन्वय र सहकार्य रहने कुरामा विश्वस्त रहेको छु।
आर्थिक वर्ष २०७८र०७९ को नीतिको समीक्षा
१० काठमाडौँ महानगरपालिकाको आवधिक योजनाको प्रारम्भिक मस्यौदा तयार भएको छ।
२० सहकारी संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि गरी सेवाप्रवाहमा थप प्रभावकारिता ल्याउन ६ वटा सहकारी संस्थाहरूलाई एकीकरण गरिएको छ।
३० २ वटा वडामा कोसेली घर स्थापना गरी संचालनमा ल्याइएको छ।
४० महानगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयहरूमा पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्म स्थानीय विषयको रूपमा नेपाल भाषाको पाठ्यक्रम अनुरूप पठनपाठन कार्य भएको छ।
५० सङ्घीय सरकारसँगको समन्वयमा १०,८८,५८० जनालाई कोभिड (१९ बिरुद्धको खोप र १५ महिनादेखि १५ वर्षसम्मका १,९१,९४९ जना बालबालिकालाई टाइफाइड बिरुद्धको खोप प्रदान गरिएको छ।
६० कोभिड–१९ बाट सङ्क्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, कोभिड परीक्षण, एम्बुलेन्स संचालन, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवाहरु निःशुल्क उपलब्ध गराइएको छ।
७० मानब सेवा आश्रमसंगको सहकार्यमा ३५६ जना सहयोगापेक्षी मानबको उद्धार, १०४ जनालाई पारिवारिक पुनर्मिलन, ४९ जनालाई सामुदायिक पुनर्स्थापन गरिएको र २०९ जनालाई आश्रममा सेवा प्रदान गरिएको छ।
८० समूहमा आबद्ध महिलाहरुलाई सीपमूलक तालिम दिई आय आर्जनका क्रियाकलापमा सहभागी गराई आत्मनिर्भर गराउन १२० जनालाई उद्यमशिलता तालिम प्रदान गरिएको छ ।
९० २०७८ असार मसान्तभित्र ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूलाई मेयर विशेष भत्ता वापत वार्षिक १२ हजार रूपैयाँ उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको छ।
१०० नेपाल भाषा, संस्कृति, सम्पदाको अध्ययन, अनुसन्धान गर्ने उद्देश्यले महानगरपालिकाको स्वामित्वमा रहेको २२ वडास्थित धर्मपथको जग्गामा यें देय् सांस्कृतिक छें निर्माण कार्य शुरु भएको छ ।
११० काठमाडौँ महानगर क्षेत्रभित्रका बिग्रेका ढल, बाटोको थप क्षती हुन नदिन तथा तत्काल मर्मत सम्भारका लागि आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्ति सहितको पूर्वाधार एम्बुलेन्स संचालनमा ल्याइएको छ।
१२० काष्ठमण्डप पुनः निर्माण कार्य सम्पन्न भएको छ। कमलपोखरीको पहिलो चरणको सौन्दर्यीकरण तथा पुनः निर्माण कार्य सम्पन्न भई दोस्रो चरणको कार्यको प्रारम्भिक डिजाइन कार्य सम्पन्न भएको छ।
१३० महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गामा २५ वटा पार्क निर्माण भएका छन् भने २२ वटा पार्कहरु निर्माणाधीन रहेका छन।
१४० १६।५२ कि।मी। सडक कालोपत्रे, १।९८ कि।मी। सडक ढलान, ७१८ व।मी। ढुंगा छाप्ने कार्य, ४।३९ कि।मी। ब्लक छाप्ने कार्य, ३।८७ कि।मी। ढल राख्ने कार्य र १।७६ कि।मी। रिटेनिङ्गवालको निर्माण कार्य सम्पन्न भएको छ।
१५० बल्खु, सामाखुशी, करखुसी खोलाहरुमा ३६० मीटर तटबन्ध निर्माण गरिएको छ। विष्णुमती नदी किनाराको जग्गा संरक्षण गरी हरियाली प्रवर्धन गरिएको छ।
१६० ऐतिहासिक न्यूरोड गेट पुनस् निर्माणको कार्य सम्पन्न भएको छ।
१७० वि।पि। कोइराला मेमोरियल ट्रष्टको अनुसन्धान केन्द्र भवन निर्माणको लागि रु। ३ करोड, मदन भण्डारी मेमोरियल कलेजको भवन निर्माणको लागि रु। ५ करोड, नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि रु। ४ करोड, क्षेत्रपाटी निःशुल्क चिकित्सालय भवन निर्माणको लागि रु। ५ करोड आर्थिक सहयोग उपलब्ध गराउने ब्यवस्था मिलाईएको छ।
१८० भगिनी सम्बन्ध कायम भएका डडेल्धुराको अमरगढी नगरपालिका र धनकुटाको पाख्रीवास नगरपालिकालाई ऐतिहासिक तथा पर्यटकीय क्षेत्र विकास तथा विस्तारको लागि रु। १ करोड ५० लाखका दरले आर्थिक सहयोग उपलब्ध गराइएको छ।
१९० सुविधा सम्पन्न आफ्नै वडा भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यले वडा कार्यालय भवन निर्माण कार्यलाई निरन्तरता दिई चालु आर्थिक वर्षमा वडा नं। ६, २१, २२ को भवन निर्माण सम्पन्न भएको छ।१२ र ३१ नं वडाको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ।
२०० महानगरका विभिन्न स्थानमा २५० थान महानगरको लोगो सहितको मंगाल कभर जडान गरिएको छ।
२१० शान्तिघाट बज्रधातु अजिमा द्य छें, वडा नं २५, राजकिर्ती महाविहार क्वापाः द्यस् छें, वडा नं। २२, कोटा गुथि भवन, वडा नं। ५, ताम्राकार आगँछें, वडा नं। २०, ओलाछी त्वाःछें, वडा नं। २५, किलाघः त्वाःछें, वडा नं। १८, अन्नपुर्ण द्य छें, वडा नं। २७ निर्माण सम्पन्न भएको छ।
२२० आनन्दभुवन विहार, वडा नं। १५, धर्मकीर्ति विहार विस्तारित भवन, वडा नं। २५, बुद्धविहार, वडा नं। २८, मैत्रीपुर महाविहार, वडा नं। १७, मणिसंघ महाविहार, वडा नं। २१, करुणापुर महाविहार ९मुस्याबहाल०, वडा नं। २५, भगवान बहाल, वडा नं। २६ निर्माण कार्य सम्पन्न भएको छ।
२३० फल्चा पुनः निर्माण कार्यतर्फ वण्डेपाटी, वडा नं। १२, नील सरस्वती मन्दिरमा पाटी, वडा नं। २, दयाश्वर महादेव मन्दिर परिसरमा पाटी, वडा नं। २ निर्माण सम्पन्न भएको छ।
२४० मन्दिर पुनः निर्माण जिर्णोद्धार कार्यक्रम अन्तर्गत गणेश मन्दिर, वडा नं। १२, गोरखनाथ मन्दिर, वडा नं। ५, भैरव मन्दिर, वडा नं। ३, निर्माण कार्य सम्पन्न भएको छ।
२५० हिति र पोखरी मर्मत परिसर सुधार कार्य अन्तर्गत पञ्चेधारा, वडा नं। ५, पलेस्वाँ पुखुः तथा पार्क निर्माण, वडा नं। १५ निर्माण कार्य सम्पन्न भएको छ।
२६० बिश्व सम्पदास्थलहरु बसन्तपुर र स्वयम्भू जोड्ने सम्पदामार्गको गुरुयोजना तयार गरिएको छ।
२७० नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा वडा नं १३,१५,१६,१७, २५ र २७ क्षेत्रका दमकल जान नसक्ने गल्लिहरुमा फायर हाइड्रेन्ट जडान गर्ने कार्य सम्पन्न भएको छ।
२८० मेलम्ची नगरपालिका र पांचपोखरी गाउँपालिकाकालाई विपद ब्यबस्थापन गर्न क्रमशस् २ करोड र ५० लाख अनुदान उपलब्ध गराइएको छ।
२९० अग्नी नियन्त्रण कार्यलाई प्रभाबकारी बनाउन ३ वटा दमकल खरीद गरिएको छ।
३०० काठमाडौँ महानगरलाई साक्षर महानगर घोषणा गरिएको छ।
३१० सबै वडामा ज्ञरज्ञ वटा सामुदायिक सिकाई केन्द्र स्थापना गरी सञ्चालनमा ल्याईएको छ।
३२० नेपाल भाषाको पठनपाठनलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिका भित्रका समुदायिक विद्यालयहरुमा ज्ञठद्द जना र संस्थागत विद्यालयहरुमा घण्ण् जना नेपालभाषा अध्यापन गर्ने प्रशिक्षक र सहायक प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरिएको छ।
३३० नेपालभाषा शिक्षणलाई सहज बनाउन शब्दचित्र पुस्तक तथा नमूनाका रुपमा श्रब्यदृश्य समाग्री तयार गरी विद्यालयहरुमा वितरण गरिएको छ।
३४० काठमाडौं महानगरपालिकाका द्धण् वटा विद्यालयहरुमा आविष्कार क्लब ९क्त्भ्ब्ः ऋीग्द्य० गठन गरी कार्य प्रारम्भ गरिएको छ।
३५० काठमाडौँको दुर्लभ ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक घटनाक्रमको परावर्तन झल्कने बरिष्ठ चित्रकार हरिप्रसाद शर्माको चित्रको उपहार पुस्तक प्रकाशन गरिएको छ।
३६० स्थानीय कानुनका रुपमा महानगरपालिकाले हालसम्म जारी गरेका ३२ वटा ऐन र ३९ वटा नियम, कार्यविधि, निर्देशिका, मापदण्डमध्ये चालु आर्थिक वर्षमा ५ वटा ऐन र ९ वटा कार्यविधि निर्देशिका जारी गरिएको छ।
३७० सबै वडा कार्यालय र सामुदायिक बिद्यालयहरुमा सूचना अधिकारी तोकी सूचना प्रवाह भइरहेको छ।
३८० आधारभूत मानव अधिकार प्रबर्धन गर्न सहिद धर्मभक्त महानगर सेवा आश्रम निर्माण तथा सञ्चालन गर्ने कार्य अगाडी बढाईएको छ।
३९० कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरूलाई छुट, सहुलियत उपलब्ध गराइएको छ।
४०० करदाताहरुबाट कर संकलन गर्न राजस्व सफ्टवेयरको प्रयोग गरिएको छ। यस प्रणालीमा करिब २ लाख ६० हजार करदाताहरुको बिवरण सुरक्षित गरिएको छ। सम्पत्ती कर, व्यवसाय कर, बहाल कर जस्ता करहरु अनलाइन प्रणालीबाट संकलन गर्न सकिने ब्यवस्था मिलाइएको छ।
४१० करदाताहरुले बुझाएको रकम सिधै बैंकमा जम्मा हुने व्यवस्था मिलाइएको छ। यसका लागि सबै वडा कार्यालयहरुमा बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ।
अब म काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९र८० को नीति र कार्यक्रम यस नगर सभाको बैठकमा प्रस्तुत गर्ने अनुमति चाहन्छु।
महानगरपालिकाको दीर्घकालिन सोच सांस्कृतिक सहर, समृद्ध महानगर रहेको छ। यस सोचलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरु अबलम्बन गरिनेछन्।
१। काठमाडौँको संस्कृति र सम्पदाको संरक्षण, सम्बर्धन र प्रबर्दन गर्ने,
२। आधुनिक सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोग गरी सहरलाई जीवन्त बनाउने,
३। सांस्कृतिक पर्यटन, नव प्रबर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम संचालन गर्ने,
४। स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने,
५। काठमाडौँलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रुपमा विकास गर्ने।
शिक्षा सम्बन्धी नीति
१। विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध बिज्ञहरु रहेको समिति गठन गरी महानगर शिक्षा सुधार योजना तर्जुमा गरिनेछ।
२।बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यवसायिक बनाउँदै लगिनेछ।माध्यमिक शिक्षामा आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गरी विद्यालय तह पूरा गर्दा कम्तिमा एउटा सीपमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने नीति लिइनेछ।
३। सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
४। आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरुको आम्दानीको निश्चित प्रतिशत महानगर शिक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाई सो कोषबाट बिपन्न, अनाथ तथा असहाय बालबालिकाको शिक्षाको प्रबन्ध गर्न आवश्यक व्यवस्था मिलाइनेछ।
५। हाल ११ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक विषयको कक्षा सञ्चालन भइरहेकोमा आगामी आर्थिक वर्षमा थप २ वटा बिद्यालयमा प्राविधिक विषयका कक्षा संचालन गर्ने ब्यबस्था मिलाइनेछ।
६। महानगरको संस्कृति, जीवनशैलीमा आधरित विषयमा अनुभव आदानप्रदान गर्न अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसँग सहकार्य गरिनेछ।
७। सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुलाई प्रविधिमैत्री सीप बिकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाई आदान प्रदानका कार्यक्रमहरु संचालन गरिनेछ।
८। सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार कार्यक्रम संचालन गरिनेछ। यस अन्तर्गत शौचालय निर्माण र स्तरोन्नति, निशुल्क सेनेटरी प्याडको सुबिधा, पिउने पानीको प्रबन्ध र विद्यार्थीका लागि लकरको व्यवस्था गरिनेछ।
९। संस्थागत विद्यालयहरुको शुल्क पुनरावलोकन गरी वैज्ञानिक र मापदण्डमा आधारित वनाइनेछ। सामुदायिक र संस्थागत विद्यालयहरु बीच गुणस्तर बिकास र असल अभ्यासको आदान प्रदानको लागि साझेदारी गरिनेछ।
१०। निजीस्तरमा संचालित शैक्षिक परामर्श केन्द्र, कोचिङ्ग सेन्टर, तालिम केन्द्र लगायतका संस्थाहरुको अभिलेखीकरण गरी नियमन गर्ने व्यवस्था मिलाइनेछ।
११। दरबार हाईस्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालयको रुपमा संचालन गर्न आबश्यक प्रबन्ध मिलाइनेछ।
१२) काष्ठमण्डप पुनः निर्माण कार्य सम्पन्न भएको छ। कमलपोखरीको पहिलो चरणको सौन्दर्यीकरण तथा पुनः निर्माण कार्य सम्पन्न भई दोस्रो चरणको कार्यको प्रारम्भिक डिजाइन कार्य सम्पन्न भएको छ।
१३) महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गामा २५ वटा पार्क निर्माण भएका छन् भने २२ वटा पार्कहरु निर्माणाधीन रहेका छन।
१४) १६.५२ कि.मी. सडक कालोपत्रे, १.९८ कि.मी. सडक ढलान, ७१८ व.मी. ढुंगा छाप्ने कार्य, ४.३९ कि.मी. ब्लक छाप्ने कार्य, ३.८७ कि.मी. ढल राख्ने कार्य र १.७६ कि.मी. रिटेनिङ्गवालको निर्माण कार्य सम्पन्न भएको छ।
स्वास्थ्य सम्बन्धी नीति
१५। स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिनेछ।
१६। महानगरबासीहरुको स्वास्थ्य सेवा प्रबर्धन गर्न सहरी स्वास्थ्य क्लिनिकहरुलाई स्तरोन्नती गरी सहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिनेछ। शहरी स्वास्थ्य केन्द्र मार्फत महानगरबासीको नियमित स्वास्थ्य जाँचको ब्यबस्था मिलाइनेछ।
१७। महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइनेछ। बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ।
१८। नागरिक आरोग्यता प्रबर्धन गर्न उपयुक्त आहार, बिहार, ध्यान, योग, प्राणायाम आदिबारे सचेतना कार्यक्रमहरु मार्फत महानगरबासीलाई निरोगी बन्न प्रोत्साहित गरिनेछ। क्यालोरीमा आधारित उपभोग प्रणाली लागू गर्न अग्रणी सेवा प्रदायक संस्थाहरु होटल, रेस्टुरेन्ट, भोजनालय र चमेनागृहलाई त्यस्तो कार्यमा प्राबिधिक सहयोग उपलब्ध गराइनेछ।
१९। काठमाडौँ उपत्यका भित्र रहेका सरकारी तथा निजी अस्पतालहरुसंग समन्वय तथा सहकार्य गरी विशेषज्ञ चिकित्सक सेवामा सर्बसाधारण नागरिकको पहुँच वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइनेछ।
२०। महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा निस्शुल्क बेडको प्रबन्ध मिलाइनेछ।
२१। काठमाडौँ महानगरपालिका भित्र एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाइनेछ।
२२। महानगर क्षेत्रभित्र रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुको अभिलेख ब्यवस्थित गरिनेछ।
२३। एक विद्यालय एक नर्स र स्कुल सोसियल वर्कर कार्यक्रमलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ।
२४। आयुर्बेद उपचार पद्धतिलाई प्रबर्धन गरी जनस्वास्थ्य सेवा अभिवृद्धि गरिनेछ।
पूर्वाधार बिकास सम्बन्धी नीति
२५) हिति र पोखरी मर्मत परिसर सुधार कार्य अन्तर्गत पञ्चेधारा, वडा नं. ५, पलेस्वाँ पुखुः तथा पार्क निर्माण, वडा नं. १५ निर्माण कार्य सम्पन्न भएको छ।
२६। काठमाडौँ महानगर क्षेत्रभित्रका बिग्रेका ढल, बाटो थप क्षती हुन नदिन तथा तत्काल मर्मत सम्भारका लागि आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्ति सहितको हाल संचालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरी निरन्तरता दिइनेछ। यसका लागि आबश्यक उपकरण तथा जनशक्तिको उचित ब्यबस्था मिलाइनेछ।
२७। पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको स्तरोन्नति गरिनेछ।
२८। काठमाडौँ महानगर क्षेत्रभित्र रहेका बसस्टपहरुमा यात्रीहरुको विश्रामका लागि परम्परागत शैलीको फल्चा निर्माण गर्न इच्छुक संघसंस्थाहरुलाई प्राविधिक सहयोग उपलब्ध गराइनेछ र महानगर आँफैले पनि प्राथमिकतामा राखी यस्ता फल्चाहरुको निर्माण गरिनेछ ।
२९। नेपाल सरकार तथा बिभिन्न संस्थाहरुको सहकार्यमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका बिद्युत, टेलिफोन, केवल टेलिभिजन, इन्टरनेट लगायतका तारहरु भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
३०। महानगर क्षेत्रभित्र रहेका सामुदायिक बिद्यालय, सार्वजनिक संस्था तथा सार्बजनिक शैचालायहरुलाई स्तरोन्नति गरी अपाङ्गता तथा लैङ्गिकमैत्री बनाइने छ। निजी क्षेत्रसंगको सहकार्यमा सार्बजनिक शौचालयहरु संचालन तथा ब्यबस्थापन गरी शौचालयको सुविधामा नागरिकको सहज पहुँच वृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
३१। महानगर क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संघसंस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने र बोरिङ्ग गरी आएको स्थानमा रिभर्स बोरिङ्ग गर्ने नीति लिइनेछ।
३२। महानगर क्षेत्रभित्र रहेका पुराना हिति तथा पोखरीको पुनर्स्थापन, संरक्षण तथा सम्बर्धन गरिनेछ।
३३। बागमती र बिष्णुमती नदीको किनारमा ढल प्रशोधन केन्द्र स्थापना गर्न अध्ययन र परामर्श गरी जग्गा प्राप्तिको कार्य प्रारम्भ गरिनेछ।
३४। काठमाडौँ महानगरपालिकालाई जीवन्त सहरका रुपमा बिकास गर्न महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता दिइनेछ ्र
३५। साविकमा महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको वडा नं ११ स्थित भवनको प्रवलिकरण गर्न आवश्यक प्रबन्ध मिलाइने छ।
३६। काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित तिनकुनेको जग्गा बिबाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघिय सरकारसगं समन्वय गरी कार्य गरिनेछ।
३७। मनोहरा जग्गा एकीकरण आयोजनाको लागि आवश्यक बजेटको ब्यबस्था मिलाइनेछ।
३८। कला क्षेत्रलाइ प्रबर्धन गर्नका लागि काठमाडौँ महानगरक्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्पी थियटर निर्माण गरिनेछ।
३९। काठमाडौँ उपत्यकाको मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयाहरुसंग सहकार्य गरिनेछ।
संस्कृति, सम्पदा तथा पर्यटन सम्बन्धी नीति
४०। बिश्व सम्पदा सूचीमा सूचिकृत पशुपती, बौद्ध, स्वयम्भू र बसन्तपुर क्षेत्रको संरक्षण गरिनेछ। स्वयम्भू र बौद्धको ब्यबस्थापन काठमाडौँ महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिनेछ
४१। महानगरक्षेत्रभित्र मनाइने जात्रा,पर्व, मेला, पुजा, परम्परागत जीवन शैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य परिचयात्मक विवरण समेटी काठमाडौं महानगरको सांस्कृतिक प्रोफाइल ९ऋगतिगचब िएचयाष्भि या प्बतजmबलमग ऋष्तथ० तयार गरी प्रकाशित गरिनेछ।
४२। महानगरपालिका क्षेत्रमा रहेका ऐतहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ, मन्दिर, बहाल, पोखरी, हिति, चैत्य, स्तुप आदिको अभिलेख राखी संरक्षणको ब्यबस्था मिलाइनेछ। ऐतिहासिक महत्वका बहास्, बहीस्, चोक लगायतका स्थानहरुलाई ऐतिहासिक परिचय खुल्ने गरी नेपाल भाषामा मौलिक नामकरण गर्ने नीति लिइनेछ।
४३। निजी क्षेत्र, ब्यवसायी र स्थानीय समुदायसंग सहकार्य गरी होमस्टे संचालन गरिनेछ। प्राचिन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे संचालनको ब्यबस्था मिलाइनेछ। होमस्टेमा संलग्न हुने जनशक्तिलाई आवश्यक तालिमको ब्यबस्था गरिनेछ।
४४। महानगरपालिका क्षेत्रको अमूर्त सम्पदाको संरक्षण र प्रबर्दनमा योगदान गरी आएका जात्रा, पर्ब, गुठीका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ। मूर्त, अमूर्त कला तथा सम्पदालाई पर्यटन ब्यवसायसँग आबद्ध गरी कार्यक्रम संचालन गरिनेछ।
४५। काठमाडौँ सहरलाई अन्तराष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरन्जनका कार्यक्रम संचालनका लागि द्यचबलमष्लन गर्न सम्बद्ध निकायहरुसँग सहकार्य गरिनेछ ्र
४६। नेवास् समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पुरा गरी अन्तराष्ट्रिय द्यचबलमष्लन गर्न पहल गरिनेछ।
४७। सम्पदा संरक्षण गर्न उपभोक्ता समिति मार्फत संचालन हुने जनसहभागितामूलक कार्यक्रमलाई प्राथमिकता दिइनेछ।
४८। काठमाडौँको स्थानीय भाषाको संरक्षणका लागि नेपाल भाषाको रन्जना तथा अन्य लिपिलाई संरक्षण र सम्बर्धन गरिनेछ।
४९। काठमाडौँमा संचालन हुने बिभिन्न जात्रा, पर्वहरुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रबर्धन गरिनेछ। इन्द्रजात्राका अवसरमा महानगरपलिकासँग भगिनी सम्बन्ध रहेका अन्तराष्ट्रिय सहरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुलाई आमन्त्रण गरी महानगरपालिकाको ऐतहासिक इन्द्रजात्रालाई विश्वस्तरमा पहिचान गराउने कार्यलाई निरन्तरता दिइनेछ।
५०। काठमाडौँ महानगर क्षेत्रका मूर्त, अमूर्त सम्पदाको अध्ययन, अनुसन्धान गरिनेछ।
फोहर ब्यबस्थापन तथा प्रदुषण नियन्त्रण सम्बन्धी नीति
५१। फोहरलाई पुनस् प्रयोग र प्रशोधन गर्न श्रोतमा नै बर्गिकरण गर्ने ब्यबस्था मिलाईनेछ। कुहिने फोहरलाई घरमै मल बनाउने महानगरबासीहरुका लागि सोही प्रयोजनमा लाग्ने शुल्कमा बिशेष सहुलियत दिने प्रबन्ध मिलाइनेछ।
५२। प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैला ९ःगलष्अष्उब िक्यष्मि ध्बकतभ० को दिगो व्यवस्थापन गरिनेछ। यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सो को प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्य गर्न एक छुट्टै परियोजना गठन गरी श्भ्च्इ ध्ब्क्त्भ् कार्यान्वयन अवधारणा कार्यान्वयन गर्ने नीति लिइनेछ।
५३। फोहर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुनस् प्रयोग तथा सो बाट उर्जा उत्पादनका लागि काठमाडौँ महानगरपालिका लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा ध्बकतभ तय भ्लभचनथ एबिलत जडान गर्ने नीति लिइनेछ।।
५४। महानगर क्षेत्रभित्रको फोहरमैलाको दीगो ब्यबस्थापनको लागि फोहरको संकलन, ढुवानी र रुपान्तरण गर्न प्रतिस्पर्धात्मक बिधिबाट कार्य अगाडी बढाइनेछ।
५५। बातावरण संरक्षण र प्रबर्धनका लागि बैज्ञानिक उपायहरु अबलम्बन गर्नुका साथै सम्मानित सर्बोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश कानुन बनाई कार्यान्वयन गरिनेछ। चालिस माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगलाई निषेध गरिनेछ। प्लास्टिक झोलाको सट्टा कपडा, जुट वा कागजको झोला उत्पदान, बिक्रि वितरण र प्रयोगलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु संचालन गरिनेछ।
५६। सार्बजनिक जग्गा, नदी किनार, सरकारी कार्यालय परिसरमा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिइनेछ। सतप्रतिशत घरले जमिन नओगटेका क्षेत्रहरुमा एक घर एक रुख अभियान संचालन गरिनेछ।
५७। महानगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको लगत राखिनेछ। सार्वजनिक जग्गाहरुको अतिक्रमण हटाई पार्क निर्माण गरिनेछ।
संस्थागत बिकास तथा सुशासन सम्बन्धी नीति
५८। काठमाडौँ महानगरपालिकाको संगठन संरचना, स्वीकृत दरवन्दी र पदाधिकारी तथा प्रशासनिक एकाइहरुको कार्य विवरण, २०७७ प्रभाबकारी रुपमा कार्यान्वयन गरिनेछ।
५९। संविधानको एकल तथा साझा अधिकार सूची र बढ्दो सहरी सुब्यबस्था दायित्वलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाको संगठन संरचना सेवामूलक र बैज्ञानिक बनाउन मानब संसाधन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने ब्यवस्था मिलाइनेछ।
६०। कर्मचारीबाट वाञ्छित लक्ष्य हासिल गर्न नतिजामा आधारित कार्य सम्पादन एवं प्रोत्साहन प्रणाली अवलम्वन गर्नुका साथै महानगरपालिकाका प्रत्येक कर्मचारीको कार्य व्यवहारलाई पारदर्शी, जनमैत्री र सुशासनयुक्त बनाउन आवश्यक कानूनी प्रवन्ध गरी कार्यान्वयन गरिनेछ।
६१। महानगरपालिकाका सबै कार्यालयमा सिसिटिभी जडान गरी सेवा प्रवाहलाई प्रत्यक्ष्य निगरानीमा राखिनेछ।
६२। हरेक महिनाको पहिलो आइतबार जनतासंग मेयर कार्यक्रम मार्फत प्रत्यक्ष्य सम्बाद कार्यक्रम संचालन गर्ने ब्यबस्था मिलाइनेछ।
६३। डिजिटल अर्बान सेक्युरिटी सिस्टमका लागि सिसिटिभी जडान गरी प्रयोगमा ल्याउन नेपाल प्रहरीसंग सहकार्य गरिनेछ।
६४। महानगर दिवसका अबसरमा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई प्रदान गरिने पदक, सम्मान र पुरस्कारलाई निरन्तरता दिइनेछ।
६५। महानगरपालिकाका हलुका सवारी साधनलाई कार्य सम्पादनको आधारमा ब्यबस्थापन गर्न सवारी साधन मापदण्ड तर्जुमा गरी लागू गरिनेछ ्र
६६। वडा कार्यालय, सामुदायिक विद्यालय, आयोजनाहरुमा सूचनाको हक कार्यान्वयन गरिनेछ।
६७। महानगरपालिकाद्वारा प्रबाह गर्ने सेवालाई क्रमशस् होम डेलीभरी सरकारको अबधारणा अनुरुप बिस्तार गर्दै लगिनेछ।
६८। महानगरपालिकाको वडातहबाट गरिने सार्वजनिक खरीदलाई प्रचलित कानुन र खरीद प्रकिया बमोजिम प्रतिस्पर्धाको माध्यमबाट सम्पादन गर्न आवश्यक ब्यबस्था मिलाइनेछ।
६९। महानगर ई लाइब्रेरी स्थापना गरी संचालनमा ल्याइने छ।
७०। आकासे पुलमा आवतजावत गर्ने पैदलयात्रीको सुरक्षा सहजताको लागि दायाँबायाँको छेकाबारलाई खुल्ला र पारदर्शी बनाईने छ।
७१। एक वर्षभित्रमा काठमाडौं महानगरपालिकाको प्रथम आवधिक योजना ९२०७९ ( २०८४० तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
राजस्व तथा वित्त ब्यबस्था सम्बन्धी नीति
७२। महानगरपालिकाले संबिधान तथा कानुन बमोजिम असुल गर्ने राजस्व ९कर तथा गैरकर० प्रशासनलाई न्यायोचित, पारदर्शी र बैज्ञानिक बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ।
७३। करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउन समग्र राजस्व प्रणालीलाई करदातामैत्री बनाइनेछ।
७४। महानगरपालिका क्षेत्रमा रहेका करदाताहरुको विद्युतीय लगतका लागि काठमाडौँ महानगरपालिकाको छुट्टै ब्उउ बनाई बिश्व विद्यालयहरुसंगको सहकार्यमा करदाताहरुको बिवरण संकलन गर्ने व्यवस्था मिलाइनेछ
७५। महानगर क्षेत्रभित्र घरजग्गा र जग्गा बहालमा लिने दिने कार्यलाई कम्पनी मार्फत ब्यबस्थित गर्न आबश्यक प्रबन्ध मिलाइनेछ।
७६। कर तथा गैरकर स्थानीय राजस्वको अनुगमन गर्न बिशेष टोली गठन गरी परिचालन गरिनेछ।
७७। करका दरको पुनरावलोकन गर्न नगर सभाबाट गठित समितिको पुनर्गठन गरी कार्य अगाडी बढाइनेछ ्र
७८। आर्थिक ऐन अनुसार उपलब्ध गराउंदै आएको कर छुटलाई पुनरावलोकन गरिनेछ।
७९। महानगरपालिकाले कर संकलनको लागि ब्यवस्था गरेको अन लाइन प्रणालीलाई थप ब्यबस्थित गरी सबै कर तथा गैरकरलाई करदाताको पहुँचमा वृद्धि गर्न आवश्यक प्रबन्ध मिलाइनेछ।
८०। बाह्य बिज्ञापन गर्ने स्थान यकिन गरी तोकिएको स्थान र साइजमा मात्र बिज्ञापन सामग्री राख्ने ब्यबस्था मिलाइनेछ। साबिकमा रहेका बिज्ञापन सामग्रीलाइ तोकिएको स्थानमा स्थानान्तरण गर्न आवश्यक प्रबन्ध मिलाइनेछ।
८१। राजस्व प्रशासनमा कार्य सम्पादनमा आधारित रही प्रोत्साहन प्रणाली लागू गरिनेछ।
८२। महानगरपालिका क्षेत्रभित्र आवासीय प्रयोजनका लागि निर्माण भएका बहुतले भवन ९ अपार्टमेन्ट ० प्रयोग गर्ने करदाताहरुबाट लिंदै आइरहेको सम्पत्ती करमा पुनरावलोकन गरिनेछ।
८३। महानगरपालिकाको साविकमा रहेको बैदेशिक ऋणको वित्तिय भार न्यून गरी सकेसम्म आगामी आर्थिक वर्षमा महानगरपलिकालाई ऋणमुक्त बनाउने उपाय अबलम्बन गरिनेछ।
८४। महानगरपालिकाको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रबर्धन गर्ने विषयका स्वदेशी तथा बिदेशी चलचित्र र नाटकका लागि निश्चित मापदण्डका आधारमा अनुदान प्रदान गरिनेछ।
८५। वडा तहमा करदातालाई कर बुझाउन कुनै असहजता भएमा प्रत्यक्ष सम्पर्क गरी गुनासो सुन्ने, सूचना उपलब्ध गराउने, कर बुझाउन सहजीकरण गर्ने आदि कार्यका लागि विदाको दिनमा समेत कार्यालय खुल्ने गरी करदाता सहायता कक्ष सञ्चालन गरिनेछ।
शहरी यातायात सम्बन्धी नीति
८६। महानगर क्षेत्रभित्र सवारी साधान पार्किङ्ग गर्न उपलब्ध हुने स्थानहरुको पहिचानका लागि सम्बद्ध निकाय समेतको प्रतिनिधत्व हुने गरी एक अध्ययन टोली गठन गरी प्राप्त हुने अध्ययन प्रतिबेदनको आधारमा खुल्ला प्रस्ताब आह्वान गरी प्रतिस्पर्धात्मक बिधिबाट पार्किङ्गको ब्यबस्थापन गरिनेछ।
८७। निजी क्षेत्र र अन्य नगरपालिका समेतको लगानीमा उपत्यका भित्र संचालनमा रहेका सार्बजनिक सवारी साधानमा न्एक् त्चबअपष्लन क्थकतझ सहितको सिसिटिभी जडान गरिनेछ। यात्रुहरुलाई विद्युतीय माध्यमबाट सवारी भाडा तिर्ने व्यवस्थाका लागि सहजीकरण र समन्वय गरिनेछ ।
८८। सार्बजनिक तथा निजी सवारी साधनको चापलाई ब्यबस्थित गर्न ख्भचतष्अब िएबचपष्लन निर्माणका लागि निजी क्षेत्रलाई सहुलियत प्रदान गरिनेछ।
८९। काठमाडौँको बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिका वडा नं ११ मा रहेको खुल्लामन्च संगैको जग्गामा रिभर्स बोरिङ्ग सहितको भूमिगत पार्किङ्गका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ।
९०। सार्बजनिक यातायातलाई प्रभाबकारी बनाउन एक छुट्टै कम्पनी स्थापना गरी उपत्यका भित्रका सबै सार्बजनिक यातायातलाई एउटै छातामुनी संचालन हुने गरी ब्यबस्थापन गर्न आवश्यक पहल गरिनेछ।
९१। फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न आबश्यक प्रबन्ध मिलाइनेछ।
कानुन तथा मानब अधिकार सम्बन्धी नीति
९२। सबै वडा कार्यालयहरुमा स्थापना भै संचालनमा रहेका मेलमिलाप केन्द्रहरुलाई स्तरोन्नति गरी विवाद निरुपण कार्यलाई थप प्रभाबकारी बनाइनेछ।
९३। सूचना प्रविधिको प्रयोगबाट न्याय सम्पादनको कार्यलाई सरल, सहज र पहुँचयोग्य बनाइनेछ।
९४। मानब अधिकार, स्थानीय कार्ययोजनाको कार्यान्वयन प्रभाबकारी रुपमा गर्ने संस्थागत प्रबन्ध मिलाइनेछ।
९५। महानगरपालिकाद्वारा जारी गरिएका स्थानीय कानुनहरुको आबश्यकता अनुसार संसोधन, परिमार्जन तथा एकीकरण गरिनेछ।
९६। संबिधान तथा कानुन बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार कार्यान्वयन गर्न नयाँ कानुनी प्रबन्धहरुको तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
९७। स्थानीय तहको न्याय सम्पादनको अनुभब आदानप्रदान गर्न काठमाडौँ महानगरपालिकाको आयोजनामा न्यायिक समिति राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ।
९८। महानगरपालिकाको नीति योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक ऐन, कानुन, कार्यविधि, निर्देशिका तर्जुमा गरी जारी गरिनेछ
९९। कानूनी परामर्शलाई वडास्तरसम्म विस्तार गर्न कनुनी परामर्श सेवा प्रदायक संस्थासंग प्रतिष्पर्धाको माध्यमबाट सेवा खरीद गरी जनताको कानुनी सेवामा सहजीकरण गरिनेछ।
कृषि सम्बन्धी नीति
१००। स्थानीय समुदायलाई करेसाबारी, कौसीखेती तथा भर्टिकल गार्डेनका लागि प्रोत्साहन गर्ने नीति लिइनेछ ्र
१०१। काठमाडौँको छिमेकी जिल्लाका स्थानीय तहहरुसंग समन्वय गरी खाली रहेका जग्गाहरुमा अर्गानिक कृषि खेतीको लागि आवश्यक प्रबन्ध मिलाइनेछ।
१०२। महानगरबासीहरुलाई सर्बसुलभ तबरले तरकारी, फलफूलको आपूर्ती गर्ने ब्यबस्थाका लागि शीत भण्डारको स्थापना गरिनेछ।
१०३। काठमाडौँ महानगरपालिका क्षेत्रमा भित्रिने खाद्य बस्तुको गुणस्तर परीक्षणको ब्यबस्था मिलाइनेछ।
१०४। नमूनाको रुपमा काठमाडौँ महानगरका केही स्थानहरुमा आफ्नै मार्ट ९ केएमसी मार्ट ० निर्माण गरी संचालनमा ल्याउन आबश्यक ब्यबस्था मिलाइनेछ।
पशु स्वास्थ्य सम्बन्धी नीति
१०५। पशुपालनलाई ब्यबस्थित गर्न पशुजन्य ब्यवशायको अभिलेखीकरण र पशुपन्छी दर्ता गर्ने कार्यको शुरुवात गरिनेछ।
१०६। छाडा, सामुदायिक, घरपालुवा, रोगी, घाइते पशुपन्छीहरुलाई उपचार गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।
१०७। अन्य स्थानीय तहसंगको सहकार्यमा कान्जी हाउस निर्माण गरी छाडा तथा सामुदायिक पशुहरुको ब्यबस्थापन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
१०८। मासुजन्य पदार्थको उत्पादन तथा बिक्रि वितरण गर्ने ब्यवसायको मापदण्ड तयार गरी लागू गरिनेछ।
१०९। मृत जीवजन्तुको दाहसंस्कारको लागि शबदाह गृहको निर्माण गरिनेछ।
सामाजिक विकाससँग सम्बन्धीत नीति
११०। महिलालाई सीपमूलक तालिम दिई आय आर्जनका क्रियाकलापमा सहभागी गराइनेछ। महिलाले संचालन गर्ने ब्यवसायका लागि सहकारी गठन, बीउपूँजी र ब्यबस्थापन तालिम प्रदान गर्ने ब्यवस्था मिलाइनेछ।
१११। महिला बिरुद्ध हुने सबै किसिमका भेदभाव, कुरीति, हिंसा अन्त्य गर्न महिला जागरण तथा वित्तीय साक्षरता, कानुनी सारक्षता, शसक्तिकरणका कार्यक्रम वडातहबाट समेत संचालन गरिनेछ।
११२। बाबुआमा बिहिन महानगरबासी बालबालिकाको संरक्षणका लागि बिशेष कार्यक्रम संचालन गरिनेछ।
११३। बालमैत्री स्थानीय तह घोषणा गर्न आबश्यक कार्यक्रम संचालन गरिनेछ।
११४। बिपन्न, दलित, आदिबासी, अपाङ्गता भएका बालबलिकाहरुका लागि बिशेष संरक्षणका कार्यक्रमहरु संचालन गरिनेछ।
११५। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बाल संरक्षण गृहमा रहेका बालबालिकाहरुलाई सम्बन्धित स्थानीय तहसंगको समन्वयमा परिवारमा पुनर्मिलन गराउने नीति लिइनेछ।
११६। सम्बत २०७९ असार मसान्तसम्म ७५ वर्ष उमेर पुरा भएका बरिष्ठ ज्येष्ठ नागरिकहरुलाई मासिक १ हजारका दरले बार्षिक १२ हजार उपलब्ध गराउंदै आएको महानगर बिशेष भत्तालाई निरन्तरता दिइनेछ।
११७। ७० वर्ष नाघेका बरिष्ठ ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था मिलाइनेछ। ७० वर्ष नाघेका बरिष्ठ ज्येष्ठ नागरिहरुलाई काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुसगं समन्वय गरी नेपाल सरकारले तोकेका औषधीहरु निस्शुल्क उपल्ब्ध गराउन आवश्यक समन्वय गरिनेछ।
११८। ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभब पुस्तान्तरण र हस्तान्तरण गर्न वडास्तरमा ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरिनेछ। वडामा रहेका ज्येष्ठ नागरिक मिलन केन्द्रहरुसंग सहकार्य गरी कार्यक्रम संचालन गरिनेछ।
११९। ज्येष्ठ नागरिकमा देखापर्ने बिशेष रोगहरु ९अल्जाइमर्स, पार्किन्सन्स आदि० को उपचार गर्ने अस्पतालहरुसंग सहकार्य गरी ज्येष्ठ नागरिक उपचार कक्ष स्थापना गरी संचालनमा ल्याउन आबश्यक सहयोग र समन्वय गरिनेछ।
१२०। काठमाडौँ महानगरपालिकामा रहेका पूर्ण अशक्त क बर्गका नागरिकहरुलाई साबिकमा दिइदै आइरहेको बार्षिक ३ हजारमा वृद्धि गरी ६ हजार प्रदान गरिनेछ।
१२१। अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुका लागि सीप बिकास तथा अपाङ्गता भएका अभिभावकहरुका लागि स्याहार सीपका तालिम कार्यक्रम संचालन गरिने र अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सहायक सामग्री निशुल्क वितरण गरिनेछ।
१२२। काठमाडौँ महानगर क्षेत्रभित्र रहेका बैंक तथा वित्तीयसंस्थाहरुमा अपाङ्गमैत्री एटिएम मेशिन समेत संचालन गर्न आबश्यक समन्वय गरिनेछ।
खेलकुद सम्बन्धी नीति
१२३। खेलकुदको माध्यमबाट युवाहरुको व्यक्तित्व बिकास गर्न महानगरपालिका क्षेत्रमा खुल्ला ब्यायामशाला, एरोबिक्स, योग लगायतका कार्यक्रम संचालन गर्न आवश्यक खेलमैदान तथा भौतिक पूर्वाधार बिकास र विस्तार गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
१२४। महानगर क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व ९ ऋयचउयचबतभ क्यअष्ब िच्भकउयलकष्दष्ष्तिथ ० अबधारणा अन्तर्गत खेलकुद तथा अन्य कार्यक्रमहरु समेत संचालन गर्न बिशेष जोड दिइनेछ।
१२५। राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलकुद क्लबहरुसंगको सहकार्यमा लिग प्रतियोगिताहरु आयोजाना गरिनेछ।
१२६। काठमाडौँ उपत्यका भित्रका नगरपालिकाहरु बीच अन्तर नगर खेलकुद प्रतियोगिता संचालन गरिनेछ।
१२७। महानगर दिवसको उपलक्ष्यमा आयोजना गरिंदै आएको मेयर (११ र प्रमुख प्रशासकीय अधिकृत (११ बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई निरन्तरता दिइनेछ।
१२८। महानगर क्षेत्रमा सन्ध्याकालिन खेल संचालनका लागि बिभिन्न स्थानमा फ्लड लाइटको ब्यबस्था गरिनेछ।
१२९। ई स्पोर्ट प्रबर्धनका लागि निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिनेछ।
सीप बिकास तथा उद्धमशिलता प्रबर्दन सम्बन्धी नीति
१३०। युवा पुस्ताको नविन सोच र प्रबिधि प्रतिको आकर्षणलाई बढावा दिन सहरी ब्यबस्थापनका बिषयहरुमा राष्ट्रिय आविष्कार केन्द्रसंग सहकार्य गरिनेछ।
१३१। सीप सिक्न इच्छुक महानगरबासीहरुलाई सीप प्रशिक्षण ९ मूर्तिकला, काष्ठकला, धातुकला, बाजा निर्माण आदि ० कार्यक्रमहरु संचालन गरिनेछन।
१३२। महानगरपालिका क्षेत्रमा रहेका उद्योग तथा नयाँ उद्यमीलाई प्रबिधिमा सहयोग, छुट, मिनाहा तथा आवश्यक सहुलियत उपलब्ध गराइनेछ।
१३३। महानगरपालिका क्षेत्रभित्रका डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, मार्टहरुमा स्थानीय उत्पादन र अर्गानिक खाद्य बस्तु बिक्रि वितरणका लागि निश्चित स्थान उपलब्ध गराउन आवश्यक समन्वय गरिनेछ।
१३४। युवाहरुको व्यक्तिगत बृत्ती बिकास मार्ग पत्ता लगाउन करियर परामर्श कक्षा ९ ऋबचभभच ऋयलकगतिबतष्यल ऋबिकक ० संचालन गरिनेछ।
१३५। काठमाडौँ सहरलाई जीवन्त सहरको रुपमा चलायमान राख्न सुरक्षाको आवश्यक प्रबन्ध मिलाई रात्रीकालिन ब्यवशाय मर्यादित रुपमा संचालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ।
सहकारी सम्बन्धी नीति
१३६। सहकारी संस्थाको दर्ता, नबिकरण कार्यलाई विद्युतिय प्रणालीमा आबद्ध गरिनेछ।
१३७। बचत तथा ऋणको कारोबार गर्ने सहकारीको जोखिम ब्यबस्थापनका लागि अनुगमन संयन्त्र गठन गरी परिचालन गरिनेछ।
१३८। सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गरी सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन सहकारी संस्थाहरुलाई एकीकरण गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ।
१३९। संकटग्रस्त सहकारीलाई संघ, प्रदेश र सम्बन्धित स्थानीय तहसंगको समन्वयमा प्रभावकारी ब्यबस्थापनको लागि संस्थागत प्रबन्ध मिलाई सुधारका आवश्यक कार्य गरिनेछ।
अन्तराष्ट्रिय सम्बन्ध सम्बन्धी नीति
१४०। भगिनी सम्बन्ध भएका नगरहरु बीच आपसी सम्बन्ध सुमधुर बनाउन, असल अभ्यास तथा सफल अनुभब आदान प्रदान गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ।
१४१। स्वदेशी तथा बिदेशी सहरहरुसंग भगिनी सम्बन्ध बिस्तार गरिनेछ।
१४२। महानगरपालिका क्षेत्रभित्र संचालन हुने जात्रा पर्बहरुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रबर्द्धन गरिनेछ।
१४३। उपत्यकाका नगरपालिकाहरुको साझा बिषयको समाधानका लागि आवश्यक पहल र सहकार्य गरिनेछ।
विपद ब्यबस्थापन सम्बन्धी नीति
१४४। जुद्ध बारुणयन्त्र रहेको भवनको पुनस् निर्माण गरी संग्रहालय स्थापना गरिनेछ।
१४५। दमकल स्टेसनको बिस्तार गरिनेछ। दमकल जान नसक्ने स्थानमा फायर हाइड्रेन्ट र पोर्टेबल पम्पको ब्यबस्था मिलाइनेछ।
१४६। विपद ब्यबस्थापनका लागि स्थापित कन्ट्रोल सेन्टरलाई सुबिधा सम्पन्न बनाई विपद ब्यबस्थापनका कार्यलाई थप प्रभाबकारी बनाइनेछ।
१४७। विपद ब्यबस्थापनका लागि जनस्तर तथा बिद्यालयस्तरमा विपद सचेतना, उद्धारको अभ्यासको कार्यलाई निरन्तरता दिइनेछ।
१४८। महानगर आपतकालीन संचालन केन्द्र ९ ःगलष्अष्उब िभ्mभनभलअथ इउभचबतष्यल ऋभलतभच ० लाई स्तरीकरण गरी प्रभाबकारी रुपमा संचालन गर्ने ब्यबस्था मिलाइनेछ।
१४९। काठमाडौ महानगरपालिका वडा नं ६ रामहिटीमा रहेको विपद तालिम केन्द्रलाई स्तरोन्नति गरी संचालनको ब्यबस्था मिलाइनेछ।
१५०। काठमाडौँ महानगरपालिकाको विपद जोखिम नक्सांकन ९ ज्बशबचम ःबउउष्लन ० गरिनेछ।
सहरी बिकास तथा भवन मापदण्ड सम्बन्धी नीति
१५१। काठमाडौँको भित्री सहरमा रहेका पुराना भवनहरुबाट हुने जोखिमलाई न्यूनीकरण गर्न त्यस्ता भवन रहेका स्थानमा हाउस पुलिङ्ग गर्नका लागि आवश्यक प्रबन्ध मिलाइनेछ।
१५२। निर्माण भई संचालनमा रहेका हाइराइज भवनमा रहेका शौचालयलाई सर्बसाधारणले प्रयोग गर्न पाउने गरी संचालन गर्ने ब्यबस्था मिलाइनेछ।
१५३। भवनको नक्सा पास प्रकृयालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय भवन अनुमति प्रणाली ९ भ्भिअतचयलष्अ द्यगष्मिष्लन एभचmष्त क्थकतझ ० लाई थप प्रभाबकारी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ। म्ष्नष्तब िक्ष्नलबतगचभ लाई यस आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइनेछ ्र
१५४। भूमिगत तल्ला वा भूँइ तल्लामा पार्किङ्ग वा भण्डारण जुन प्रयोजनका लागि स्विकृती लिएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने ब्यबस्था कडाइका ब्यबस्था लागु गरिनेछ।
१५५। भवन निर्माण अनुगमन संयन्त्रलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।
१५६। महानगर क्षेत्र भित्रका सबै भवनहरुलाई क्यूआर कोडमा आबद्ध गरिनेछ।
सार्वजनिक निजी साझेदारी सम्बन्धी नीति
१५७। सार्बजनिक निजी साझेदारीमा संचालनमा रहेका परियोजनाहरुको सम्झौता बमोजिम कार्य भए नभएको अनुगमन गरी आवश्यक निर्देशन दिन एक संयन्त्र गठन गरी कार्य प्रारम्भ गरिनेछ ्र
१५८। काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी ऐन,२०७५ बमोजिम सार्वजनिक निजी साझेदारी प्रारुपमा संचालन गर्न सकिने सम्भावित परियोजनाको पहिचान गरी कार्यान्वयन गरिनेछ।
सूचना प्रबिधि सम्बन्धी नीति
१५९। प्रविधिमा आधारित शासन प्रणालीको अवलम्वन र अभ्यास गर्न हालसम्म भएका कामहरुको वस्तुपरक संश्लेषण गरी सो को आधारमा भ – प्ःऋ न्यखभचलबलअभ ःबकतभच एबिल तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
१६०। काठमाडौँ महानगरपालिकाबाट प्रबाह हुने सार्वजनिक सेवामा सूचना तथा संचार प्रविधिको उच्चतम उपयोग गरी विद्युतीय सुशासन प्रबर्धन गरिनेछ।
१६१। महानगरपालिका सम्बद्ध सूचना तथा तथ्यांकलाई ब्यबस्थित रुपमा संकलन गरी महानगर डाटा बैंकको स्थापना गरिनेछ।
१६२। महानगरपालिकाबाट प्रवाह गरिने सेवामा सर्बसाधारणको पहुँच वृद्धि गर्न कार्यालय परिसर र बिभिन्न सार्वजनिक स्थलहरुमा फ्री वाईफाईको ब्यबस्था मिलाइनेछ।
अन्त्यमा, काठमाडौ महानगरपालिकालाई जनअपेक्षा अनुरुप विकासका चाहना पुरा गर्ने, स्थानीय सरकार र स्थानीयवासी बीचको सुमधुर सम्बन्ध कायम गर्ने, आधुनिक प्रविधि र मौलिक पहिचानको सम्मिश्रणवाट काठमाडौंलाई समृद्ध, सुरक्षित र जीवन्त साँस्कृतिक सहर बनाउने हाम्रो दृढ सङ्कल्प अविचलित छ। यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण महानगरवासीलाई स्वच्छ, निष्पक्ष, न्यायपूर्ण र प्रतिबद्ध नेतृत्व प्रदान गरिनेछ। साथै महानगरपालिकाले अघि सारेको प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउन नेपाल सरकार, प्रदेश सरकार, विकास साझेदारहरू, निजी क्षेत्र, अन्तर्राष्ट्रिय दातृ समुदाय, महानगरका कर्मचारी, मतदाता र सम्पूर्ण वुद्धिजीवी एवम् प्रवुद्ध वर्गमा हार्दिक अपिल गर्दछु।
धन्यबाद
बालेन्द्र शाह
प्रमुख