एसपीपीबारे संसदमा बारम्बार प्रश्न उठेपछि एक्सनमा उत्रियो सरकार

सोमबार, ६ असार २०७९

काठमाडौं – अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को बारेमा बारम्बार सदन र जनस्थरबाट प्रश्न उठ्न थालेपछि सरकार एक्सनमा उत्रिएको छ। आज बसेको मन्त्री मन्त्रिपरिषद्को बैठकले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज गर्नका लागि अमेरिकालाई पत्र लेख्ने भएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकले यस्तो निर्णय गर्दै अमेरिकालाई तत्काल पत्र लेख्ने बताएका हुन् ।