प्रचण्ड पत्नी सीता आईसीयूमा

मंगलबार, ८ माघ २०७५

माघ ८ काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल दुई दिनदेखि सुमेरु अस्पताल भर्ना भएकी छन्। रुघाखोकी र ज्वरो आएपछि धापाखेलको उनलाई आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।

‘उहाँलाई रुघाखोकी फ्लु देखियो,’ अस्पताल स्रोतले भन्यो, ‘स्वास्थ्य अवस्था स्थिर छ।’ सीताको उपचारमा डा. युवराज शर्मालगायत चिकित्सक टोली खटिएका छन्।

उनी लामो समयदेखि वंशानुगत पार्किन्सन रोगका कारण पनि पीडित थिइन्। चिकित्सकका अनुसार यस्ता बिरामीको गति सुस्त हुने, हातखुट्टा कमजोर हुनेजस्ता लक्षण देखिन्छन्। सीतालाई प्रेसर र सुगरको समेत समस्या छ। अन्नपुर्णबाट