एमसीसीमा चुर्लुम्मै डुब्न लागेको देश व्याख्यात्मक त्याद्रोमा झुंड्याएर हामीले बचायौ : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरेर डुब्न लाग्दा त्यान्द्रोको सहारा आफुले बचाएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद: चुनौती र अवसर विषयक कार्यक्रममा उनले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणा गरेर मात्र स्वीकार गरेको र एसपीपी खारेज गराउन निर्णायक भूमिका खेलेको भन्दै एमसीसीमा डुब्नै लागेको देश व्याख्यात्मक त्याद्रोमा झुण्डयाएर आफुले बचाएको बताएका हुन् । उनले एमसीसीमा १२ बुँदे ब्याख्यात्मक घोषणालाई डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको रुपमा व्याख्या गरे ।
एउटा परिस्थिथितिमा १२ बुँदे बनाएर ‘डुब्ते को तिन्के का सहारा’ गरेकै हो । यहाँ कुनै लुकीछिपी छैन । तर एसपीपी खारेज गराउने निर्णायक भूमिका हामीले नै खेलेको हो । यो सत्यलाई कसैले इन्कार गर्न हुँदैन’ उनले भने ।