एक्यान अध्यक्षमा दीपक पाण्डे
काठमाडौं – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा दीपक पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
एक्यानको ३७औं वार्षिक साधारणसभाबाट यसअघि उपाध्यक्ष रहेका पाण्डे अध्यक्षमा निर्विरोध भएका हुन् ।
नेपालमा लेखा व्यवसायको विकास, संरक्षण तथा मर्यादित बनाई, पेशागत हकहित संरक्षण गर्न स्थापना भएको नेपालका चार्टर्ड एकाउन्टेन्ट्हरुको पेशागत संघ एक्यानमा नेपाली सीएहरु मात्र सदस्य रहने प्रावधान रहेको छ ।
पाण्डे बिगत लामो समयदेखि लेखा व्यवसाय तथा विभिन्न संघसंस्थामा आवद्ध भई काम गरिरहेका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि पाण्डेले भने, ‘मलाई विश्वास गरेर संघको जिम्मेवारी दिनुभएकोमा सबैको शीर उँचो राख्न म मेरो विज्ञता, अनुभव र मेहनत पूर्ण रुपमा लगाउनेछु भन्दै धन्यवाद समेत ज्ञापन गरे ।
पाण्डेले सम्पूर्ण सदस्यहरुको हकहित संरक्षण, पेशाको गरिमा विस्तार, सम्बन्धित निकायसँगको सहकार्य, सदस्यहरुको क्षमता विकास तथा संघका उद्देश्यहरु पूरा गर्न म सधैं जिम्मेवार भएर मन, वचन र कर्मले अघि बढ्नेछु भन्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।’