प्रचण्डको नारा राम्रालाई हैन हाम्रालाई राख्नु पर्छ अझै कायमै
काठमाडौं। नेकपा माओवादीका अध्यक्ष प्रचण्डले परिवारवादको चर्को आलोचना त पहिलै देखि खेप्दै आइरहेकौ थिए । फेरि पनि राम्रालाई हैन हाम्रालाई राख्नु पर्छ भन्दै छोरी ज्वाइँलाई केन्द्रीय बनाएका छन्। यसअघिको महाधिवेशनमा उनीसहित परिवारका चार जना सदस्यलाई केन्द्रीय सदस्यमा राखेका उनले अहिले दुईजना थपेर आफ्नै घरका ६ जना केन्द्रीय सदस्य बनाएका छन्।
३६ वर्षदेखि माओवादी पार्टीको नेतृत्वमा रजाइँ गरिरहेका प्रचण्डले यसपटक आफूले आफूलाई र परिवारका पाँच जनालाई केन्द्रीय पदाधिकारीमा राखेका हुन्।
पछिल्लो पटक पार्टीको केन्द्रीय समिति बैठकमा छोरी गङ्गा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। आइतबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरूले केन्द्रीय कमिटी सदस्यको शपथ लिए।
आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी छोरी गङ्गा दाहालका श्रीमान् हुन्। २०६४ मा उनीहरूबीच विवाह भएको हो। पृष्ठभूमि कांग्रेस रहेको आचार्य विवाहपछि मात्रै माओवादीसँग जोडिएका हुन्।
उनै आचार्य आइतबार माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका हुन्। उनीसँगै प्रचण्ड पुत्री गङ्गा पनि केन्द्रीय सदस्य बनेकी छन्।
प्रचण्डले गत फागुनमै छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य बनाउन खोजेका थिए। पार्टीमा व्यापक विरोध भएपछि उनी पछि हटेका थिए। त्यतिबेला उनले आफूसहित ४ जनालाई मात्रै केन्द्रीय सदस्यमा राखेका थिए। त्यतिबेला भाइ नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी विना मगर ९दाहाल० लाई केन्द्रीय सदस्य बनाएका थिए।
प्रचण्डले परिवारवादको नारा लागएको यसपटक मात्रै होइन। यसअघि प्रचण्डले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सदस्य कोटामा आफ्ना नजिकका भाइ नारायण दाहाललाई पठाएका थिए। साथै केही समयअघि आफ्नै नातिनी सृष्टि केसीलाई उनले अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बनाएका थिए ।