नेपालमा बेमौसमी हावाहुरीले मच्चायो बितण्डा, हेर्दाहेर्दै ४० घर सर्लक्कै उडायो !
काठमाडौँ – गएराति आएको बेमौसमी भीषण हावाहुरीले भजनीमा बितण्डा मच्चाएको छ । भजनीमा ४० भन्दा बढी घरमा पुरापुर धोस्त पार्दै बितण्डा मच्चाएको हो । यहाँको वडा नम्बर ९ मा सबैभन्दा धेरै क्षति भएको छ । हावाहुरीले वडा नं ९ को ओखरपुर, बेलकोदुवा, पहलवान टोल र भ्वा टोलका घरहरूमा क्षति पुर्याएको हो ।
त्यस्तै वडा नं ४ कुँडीमा पनि हावाहुरीले क्षति पुर्याएको स्थानीय खडक बुढाले जानकारी दिए । यहाँ बिजुलीका पोलहरू, रुखहरू पनि घरमा खसेका छन् । मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।
बर्खाको समयमा हावाहुरीले छत उडाइदिएपछि भएको खाद्यान्न र लत्ताकपडाहरू पनि नष्ट गर्ने चिन्ता स्थानीयमा छाएको छ ।