जनतालाई आत्मानिर्भर बनाउन हर्क साम्पाङले थाले केन्द्रीय सरकारको दिमागमै नभएको काम !

बुधबार, ४ साउन २०७९

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ स्थानीय जनताको स्वेच्छिक सहयोगमा वृक्षारोपण कार्यमा निकै सक्रिय रहेको छन् ।

यअसघी आफु धरानको मेयर भैसकेपछी धराने जनतालाई सुद्ध खानेपानी पिलाउन आफै श्रम गर्दै हिडेका हर्क फेरि अर्को अभियानमा जनताहरुको साथ लिएर जुटेका हुन्।

उनले भनेका छन् मेरो अभियान धरान बचाउ र धरानको बिकास गर्ने हो, हामी यति धेरै तरकारी रोप्नेछौं कि जनताले  आबस्यकता अनुसार टिपेर खान सक्नेछन् ।

हामि जथाभावी बिषादी भएका तरकारी फलफुल खान्छौँ, यसको अन्त्य गर्दै फलफूल र अर्गानिक तरकारीले सबै क्षेत्र हरियाली बनाउने प्रयास पनि गर्दैछौ उनको भनाइ थियो।

थारमा प्रयोग हुने गाँजाको फूल भारतबाट आयात गर्ने समस्यालाई धरानको भीर भिरमा रोपेर समाधान गर्ने प्रयास पनि गर्नेछौँ ।
म स्वतन्त्र उम्मेदवार हुँ र कसैको प्रभाव नलिई आफ्नै बलमा विकासको काम गर्नेछु। जतिसक्दो धराने जनताहरुलाई आत्मानिर्भर बनाउन प्रयासरत हुनेछु ।

अहिले हर्क साम्पाङले धरानमा थालेको यस्तो अभियानले देशभरि उनको चर्चा चुलिन थालेको छ।