संसदीय समितिलाई चालै नदिई सरकारले संसदबाट आजै यसरि पास गर्ने भयो नागरिकता विधेयक !
काठमाडौँ – सरकारले प्रतिनिधिसभाबैठकबाट आज नागरिकता विधेयक संसदबाट पास गर्ने भएको ।
संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गर्दै विधेयक पारित हुने जनाएको हो ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
त्यसपछि गृहमन्त्री खाडले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ लाई पारित गरियो भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयक साढे तीन वर्षपछि फिर्ता लिएर सरकारले अर्को विधेयक संसदमा लगेको हो। यो विधेयक संसदीय समितिमा नपठाई संसदबाटै पारित गर्ने सरकारको तयारी छ।
यस्तै शुक्रबारको बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरी पारित गर्ने सरकारको तयारी छ।
यस्तै राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विशेष सेवा विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठक दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ।
