बञ्चरेडाँडावाट आयो बालेन शाहका लागि दु:खद खबर !
काठमाडौँ -काठमाडौँ उपत्यकाको चुनौतीको रुपमा रहेको फोहोर ब्यबस्थापन गर्न लागिपरेका बालेन शाहका लागि बन्चरेडाडाबाट दुखद खबर आएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा संघर्ष समितिले आगामी भदौँ १ देखि काठमाडौं उपत्यकाको फोहोर यहाँ फाल्न नदिने घोषणा गरेपछि बालेनले दुखद खवर सुन्नु परेको हो।
यसअघिका सहमति कार्यान्वयन नगरेर सिंहदरबार र बागदरबारले षड्यन्त्र गरेकाले अब सदाका लागि फोहोर विसर्जन कार्य अन्त्य गर्न लागिएको समितिका संयोजक श्रीराम ढुंगानाले पत्रकार सम्मेलन मार्फत बताएका हुन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा संघर्ष समितिले भदौँ १ देखि सदाका लागि फोहोर विसर्जन अन्त्य गर्ने घोषणा गरेपछि फोहोर ब्यबस्थापनमा थप जटिलता सिर्जना हुने निश्चित भएको छ ।
उपत्यकामा १२ दिन अघिदेखि फोहोर उठ्न सकेको छैन।
अब आउने दिनमा यो वा त्यो बहानामा हामीले उहाँहरूलाई छुट दिन सक्ने अवस्था छैन। उपत्यकाभित्र यो र अन्य नगरपालिकाका अधिकारीलाई हामी के भन्छौँ भने तपाईंहरूको सत्ताका लागि, तपाईंहरूको विरासतका लागि, तपाईंहरूको अभीष्ट पूरा गर्नका लागि त्यस क्षेत्रका लाखौँ जनतालई अब फोहोरमैलाको बलीवेदीमा चढाएर समाप्त गर्न सकिँदैन,’ ढुंगानाले भनेका छन् ।
नुवाकोट र धादिङका जनताले कुनै अवरोध नगरे पनि पछिल्लो १० दिनदेखि माफियाका नाइकेहरूका कारण काठमाडौंको फोहोर नउठेको उनको आरोप छ।
समितिले मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानव बस्ती विकास क्षेत्रमध्ये एउटा रोज्न सरकारलाई विकल्पसमेत दिएको छ।