अस्पताल परिसरमा धर्ना नबस्न शिक्षण अस्पतालको आग्रह (अपिलसहित)
माघ १४, काठमाडौं – शिक्षण अस्पतालले अस्पताल परिसरमा धर्ना नबस्न चिकित्सकहरुलाई आग्रह गरेको छ । डा. गोविन्द केसीको अनशनप्रति समर्थन जनाउँदै चिकित्सकहरुले धर्ना सुरु गरेपछि शिक्षण अस्पतालले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेको हो ।
अस्पताल जस्तो सम्वेदनशिल क्षेत्रमा धर्ना नबस्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ । ‘अस्पताल परिषरमा हुने धर्ना, अनशन, प्रदर्शन जस्ता कार्यले सर्वसाधारणलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न असर पर्नेमा ध्यानाकर्षण गराउँदै शिक्षण अस्पताल जस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा धर्ना अनशन जस्ता विरोधका कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गर्न चाहन्छौँ’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
