मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको बिमान आतंकवादीको निसानामा !

बुधबार, १८ साउन २०७९

काठमाडौँ –  काठमाडौंबाट भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाज आतंकवादीको निसानामा परेको  खबर आएपछि सबै यात्रुहरु अतालिदै ओर्लिएका छन् ।

बुधबार दिउँसो १ः१० बजे काठमाडौँबाट मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी चढेको सूचना आएपछि सबै यात्रुहरु ओर्लिएपछि जाँच थालिएको हो । कैलाली प्रहरीले जहाजमा आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको हो ।

जहाजमा १४१ जना यात्रु छन् । सबै यात्रुलाई झारेर जाँचको काम भईरहेको ।