जन्म मिति सच्चाई नागरिकता लिन जाँदा तीनजना पक्राउ

बिहिबार, २६ साउन २०७९

काठमाडौं — रामेछाप प्रितिकी निर्मला बस्नेतले जन्म मिति सच्चाई दोहोरो नागरिकता लिन खोज्दा उनि सहिद जन्मदर्ताको सूचना दिने उनकी आमा दिलकुमारी बस्नेत र वडासचिव तथा पञ्जिकाधिकारी पदमकुमारी बस्नेतलाई समेत अनुसन्धानका लागि बुधबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जन्म दर्ता सच्याएर निर्मलाले नागरिकताको सिफारिस गर्न लगाएकी थिइन् ।

प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार पक्राउ परेका तीनै जनालाई रामेछाप जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।