समाचार संकलनका लागि गएका पत्रकार पक्राउ (भिडियोसहित)

मंगलबार, ७ भाद्र २०७९

काठमाडौँ – समाचार संकलनका लागि गएका पत्रकार हेमन्त प्रकाश वलीलाई प्रहरीले पत्रकार गरेको छ । बन्दको प्रभावबारे समाचार संकलन गर्न गएका वलीलाई प्रहरीले भिडियो खिचेको आरोपमा पक्राउ गरेको हो ।

अहिले उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । उनीसँगै विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका अध्यक्ष सुदर्शन, उपाध्यक्ष दिपेन्द्र, मजदुरका केन्द्रीय सदस्य संजयलाई समेत प्रहरीले पक्राउ गरेको छ । वली जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हुन् ।

अत्याधिक मापदण्ड विपरीत ढुंगा खसाउदै हिडेका टिप्पर बन्दकर्ताले नियन्त्रणमा लिएका थिए । बन्दकर्ताले ट्राफिक कार्यालय तुलसीपुरलाई मापदण्ड चेकजाँच गर्न अनुरोध समेत गरेका थिए । तर टिप्पर व्यवसायीको ठूलो दबाब पछि प्रहरीले दमन गरेर रोकिएका टिप्परलाई स्कटिङ गरेको थियो । ओलीले त्यसैको रिपोर्टिङ गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेकटर बखत बहादुर शाह वलीलाई हप्काउँदै भिडियो नखिच्न दवाव दिएका थिए । नेकपासहित ४ पार्टीले आयोजना गरेको नेपाल बन्दलाई असफल बनाउन प्रहरीले उनीहरुलाई पक्राउ गरेको बुझिएको छ ।

सरकारले ‘राष्ट्रघाती’ एमसीसी सम्झौता पारित गरेको, नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति उल्लंघन गरेको, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायतका नेतारकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा चार कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन् ।