नेपाललाई कङ्गालपति बनाउन चिनले रच्यो यस्तो सड्यन्त्र
काठमाडौँ—अमेरिकाको देशघाति एमसिसि, एसपिपि पछि चिनले पनि आफ्नो बीआरआई सम्झौता अघि सारेको छ ।
हामीले वैदेशिक मुद्रा आर्जन गर्न सकिरहेका छैनौँ । आर्थिक संकट घोषणा गर्ने तर त्यसलाई अपग्रेड नगर्ने खालको लिडरसिप भएपछि राष्ट्र नै धराशायी हुन्छ । खासमा यस्तै कुराहरूले आर्थिक क्षेत्रमा पनि प्रभाव पारिरहेको हुन्छ ।
अर्कोतर्फ नेपालमा अहिले चर्चा भइरहने एमसीसी, बीआरआई लगायतका सम्झौताले कस्तो प्रभाव पार्छन् भनेर हामीले नबुझी बहस गरिरहेका हुन्छौँ । कुनै प्रोजेक्ट ऋणमा नेपालले बनाउन लागेको छ भने त्यसलाई नेपालले धान्न सक्छ कि सक्दैन भनेर छलफल गर्नुपर्छ ।
चीनको बीआरआई प्रोजेक्टले नेपाललाई पनि ऋण बोकाउने हो भने यसले फाइदा चीनलाई हुने तर नेपाल आर्थिक रूपमा डुब्ने अवस्था सिर्जना हुन्छ । त्यसैले ऋण लिएर ठूला आयोजना नेपालले अहिले नै आँट्न हुँदैन ।
हामीले एमसीसीको प्रोजेक्टमा यत्रो टाउको दुखायौँ । जबकि, एमसीसी अमेरिकी सरकारको अनुदान थियो । ऋण लिएर बनाउने प्रोजेक्टबारे भने हामीले छलफल नै गरेका हुँदैनौँ । पहिले त हामीले अपारदर्शी खालका ऋणहरु स्वीकार गरियो भने पनि हामीले ऋण तिर्न सक्दैनौँ ।
प्रधानमन्त्री देउवाले बीआरआई प्रोजेक्टको ऋण तिर्न नसकिने चिनियाँ प्रतिनिधिसँग प्रष्ट पारेका थिए । कतिपय नेताहरूले भने बीआरआईको ऋण लिनुपर्छ भनेर तर्क गरिरहेका छन् । तर, यसले भोलि पार्ने सम्भावित जोखिमलाई उनीहरूले ख्याल गरेका छैनन् ।
अहिले त अझ कस्तो ट्रेन्ड छ भने एउटा पक्षमा नबुझीकन भए पनि वकालत गर्दा राष्ट्रवादी भइन्छ भन्ने खालको सोच हाबी भएको छ । यसले पनि हामीलाई भित्रभित्रै समस्यामा पारिरहेको छौ ।