प्रवक्ता प्रकाण्ड चीन भ्रमण सकेर स्वदेश फिर्ता, यस्ता छन् भ्रमणका उपलब्धी

बिहिबार, १६ भाद्र २०७९

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड) झण्डै तीन साता लामो चीन भ्रमण सकाएर स्वदेश फिर्ता भएका छन् । प्रवक्ता प्रकाण्ड विहिवार हवाई मार्गमार्फत स्वदेश फर्किएका हुन् ।

प्रवक्ता प्रकाण्डलाई स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा भव्य स्वागत गरिएको छ । नेकपाका केन्द्रीय सदस्यहरु चिरन पुन, प्रेम दर्नाल, रामलाल विश्वकर्मा लगायतका नेता कार्यकर्ताहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका हुन ।

नेता कार्यकर्ताले पार्टी प्रवक्ता प्रकाण्डलाई खादा तथा माला लगायर स्वागत गरेका थिए । स्वागत पछि प्रवक्ता प्रकाण्डले आफ्नो चीन भ्रमण सकरात्मक र सफल भएको प्रतिक्रिया दिए ।

चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको निमन्त्रणामा नेकपा प्रवक्ता प्रकाण्ड साउन २९ गते चीन भ्रमणमा गएका थिए । नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्द हुने पर्नेमा चिनियाँ सरकारको जोड रहेको उनको भनाई छ ।

चीनले नेपालमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एक भएर समाजवादी आन्दोलनमा केन्द्रीकृत हुनपर्नेमा जोड दिएको बताए । । ‘चीनले नेपालमा स्थायित्व र शान्ति चाहेको बुझियो । कम्युनिस्ट पार्टीहरु विश्वभरबाट किनारा लागिरहेको बेलामा शान्तिका पहरेद्धार कम्युनिस्टहरुले नेपालबाट विश्वलाई सन्देश दिन भूमिका लेल्न पर्नेमा चीनको जोड छ ।’, प्रवक्ता प्रकाण्डले भने, ‘यसमा हामीले चीनलाई विश्वस्त पारेका छौँ । र समाजवादी क्रान्ति सफल पार्नका लागि चीनको सहयोगको समेत अपेक्षा गरेका छौँ ।’