कम्युनिस्ट पार्टीका चार जना शीर्ष नेताहरू एकै मञ्चमा
काठमाडौं—कम्युनिस्ट पार्टीका चार जना शीर्ष नेताहरू आज एकै मञ्चमा देखिने भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका नेता घनश्याम भुसाल र नेकपा बहुमतका नेता धर्मेन्द्र बाँस्तोला लगायतका नेताहरूले आज एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
मार्क्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिले आज समाजवादको नेपाली मार्गचित्र विषयक विचार गोष्ठी कार्यक्रममा यी नेताहरूले सम्बोधन गर्न लागेका हुन् ।