बालुवा पेलेर तेल निस्किदैन भन्दै माधव नेपालले कांग्रेसलाई भने, हैसियत बिर्सेर ठूलो भाग नखोज

आइतबार, १९ भाद्र २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेलाइ सम्झाउदै आफ्नो हैसियत भन्दा ठूलो भाग नखोज्न चेतावनी दिएका  छन्।

हिजो बिराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसको  कारण सिट बाँडफाँट टुङ्गो नलागेको बताउदै अस्वभाविक दाबी गरेकाले हैसियत भन्दा ठूलो भाग नखोज्न चेतावनी दिएका हुन् ।

‘हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेसमा अहंकार देखिएको छ,’ उनले भने, ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरु बाँड भन्छन् । हामीले उनीहरुलाई जवाफ दिएका छौं, हैसियतभन्दा बढी माग्ने काम नगर ।’

२०७४ सालमा २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुनासम्म दिन सक्ने उनले बताए । ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट’ उनले भने ,‘हामी ७० भन्दैछौं, उनीहरु सय भन्दैछन् । मिलाउने गाह्रो छ ।’

सहमतिको प्रयास जारी रहेको बताउँदै उनले सहमति नभए एक्लै उठ्ने आट गर्नुपर्ने बताए । ‘के भयो के भयो भन्ने तपाईँहरुको मनका प्रश्न होला,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘उही बालुवाटारमा बालुवा पेलेका पेल्यैछौं, त्यो बालुवाबाट तेल निस्किएको छैन । आज पनिपेल्नुपर्ने हो कि ?

समानुपातिक चुनावमा पार्टीको भोट आफैलाई आउने बताउँदै उनले भने, ‘भएन भनेपनि एक्लै उठ्ने आट गर्नुपर्छ ।’