विश्वविद्यालयमा खुल्यो जागिर, प्रध्यापकदेखि कार्यालय सहयोगीसम्मलाई अवसर
माघ २० काठमाडौं – नेपाल खुला विश्वविद्यालयले करार सेवामा ५० जनलाई रोजगारी खुलाएको छ। आइतबार करार सेवामा पदपूर्तिसम्वन्धी सूचना निकाल्दै रोजगारी खुलाइएको हो। प्रध्यापकदेखि कार्यलय सहयोगीसम्मको लागि आवेदन माग गरिएको छ। चार जना प्रध्यापाक माग गरिएकोमा यो पदमा आवदेन दिनले तीन हजार रुपैयाँ दस्तुर बुझाएर आवेदन दिनु पर्ने छ।
सह प्रध्यापक ७, उप-प्रध्यापक १७ र सहायक प्रध्यापक ८ जनाको माग गरिएको छ। त्यस्तै शाखा अधिकृत वा सो सहर ६, कार्यालय मुख्य सहयाक वा सो सरको लागि ३ र कार्यालय सहयायक तथा सो सरहको लागि तीन जना माग गरिएको छ। आवेदकले १५ दिन भित्र विश्व विद्यालयको आधिकारिक वेवसाइडबाट आवेदन दिनसक्ने छ।
