रवि लामिछानेको पार्टीले सार्वजनिक गर्यो प्रारम्भिक निर्वाचनको नतिजा, को–को भए निर्वाचित ?

सोमबार, ३ असोज २०७९

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । समानुपातिक उम्मेदवार छान्नका लागि सो पार्टीले आन्तरिक चुनाव गरेको थियो ।

मोबाइल एप्लिकेसनमार्फत गरिएको मतदानमा आकांक्षीहरुबीच भोटिङ गरेको थियो । खुल्ला प्रारम्भिक निर्वाचनमा ३९ हजार ०१३ मत प्राप्त भएको सो पार्टीले जनाएको छ ।

‘मतदाता शिक्षाको कमि, छोटो समयावधि तथा दर्तामा भएको नयाँपनले पारेको अफ्ठ्याराहरु हुँदाहुँदै पनि यति ठुलो संख्यामा भएको सहभागीता पक्कै पनि उत्साहजनक छ’, सा पार्टीले भनेको छ, ‘यस्तै सहभागिता र अपनत्वले हामी राजनीतिमा नयाँ बाटो बनाउँनेछौँ । ’

पार्टी प्रवक्ता मुकुल ढकालले संघीय समानुपातिक निर्वाचनको बन्दसूची छनौट गर्न खुल्ला प्रारम्भिक निर्वाचन प्रयोग गरिएको जानकारी दिए ।