सेना परिचालन गर्न सरकारलाई राष्ट्रपतिको अनुमति
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न सरकारलाई अनुमति दिएकि छिन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेना परिचालन गर्न सरकारलाई अनुमति दिएकि हुन् ।
आइतबार राष्ट्रपतिको कार्यालयबाट एक बिज्ञप्ति जारी गर्दै निर्वाचनमा सेना परिचालनका लागि अनुमति दिइएको जनाइएको हो ।
“सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट संवत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९र५र१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९र५र२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९र५र२७ को पत्रको आधारमा संवत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।