अन्तत निर्वाचन आयोगले भोली देखि लागू गर्ने भयो निर्वाचन आचारसंहिता

मंगलबार, ११ असोज २०७९

काठमाडौँ – निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ।

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ। आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन्।

आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो।