महामारीको रुप लिएको डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेनः गगनकुमार थापा

शुक्रबार, १४ असोज २०७९

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुप लिएको डेंगी नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । काठमाडौं( ४ मा भएको पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै सरकारले डेंगी नियन्त्रणमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेको र जिम्मेवारी पूरा नगरेकोमा असन्तुष्टि जनाएका हुन् ।

‘डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकेन । यसमा मेरो ठूलो असन्तुष्टि छ‚’ उनले भने‚ ‘मैले प्रधानमन्त्रीलाई भेटेर पटक(पटक भनेको छुस योबेलामा सरकारको जिम्मेवारी हो, जनताको जीउधनको रक्षा गर्ने ।’

कोभिड–१९ नियन्त्रण गर्न नसकेको भन्दै ओली नेतृत्वको सरकारलाई दोष लगाएको तर आफ्नै सरकार हुँदा पनि डेंगी नियन्त्रण गर्न नसकेको आरोप लगाएका हुन् ।

‘सरकारले डेंगी नियन्त्रणमा काम गर्न सकेन । हिजो कोभिड(१९ को बेलामा ओली सरकारले काम गरेन भन्यौं । अहिले हाम्रै पार्टीको सरकार छ तर यसले पनि काम गर्न सकेको छैन ।’

सरकारको काम‍ चित्तबुझ्दो नभएको भन्दै उनले आपत्कालीन बैठक बसेर देशभरका सरकार बसेर अस्पताललाई डेंगी कसरी हटाउने भनेर काम गर्नुपर्ने बताए । ‘डेंगी नियन्त्रण यो चाडबाडको बेला बढ्छ । सरकारले काम गर्नुपर्छ‚’ उनले भने ।