प्रधानमन्त्री देउवालाई हराउन ओलीले घुमाए दिमाग

शुक्रबार, २१ असोज २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन दिमाग घुमाएका छन् । उनले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिएर देउवाकै पूर्वस्वकीय सचिव कर्ण मल्ललाई समर्थन गरेर दिमाग घुमाएका हुन् ।

ओलीले नेपाली कांग्रेस (बीपी) का उम्मेदवार तथा २४ वर्ष देउवालाई साथ दिएका मल्ललाई समर्थन गरेका हुन् । नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको छ ।

प्रदेशसभातर्फ भने दुबै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ । पठानसिंह बोहोरा र गजेन्द्र शाही एमालेबाट प्रदेश तर्फका उम्मेदवार हुनेछन् ।

गएको स्थानीय तह निर्वाचनमा एमालेले कांग्रेस बीपीसँग तालमेल गरेको थियो । ती दुई दलको तालमेलबाट कुनै पनि पालिकामा जित निकाल्न भने सकेनन् ।