आधा घण्टामै तोडियो कांग्रेस–एमालेको सम्झौता
दाङ – नेकपा एमाले र नेपाली कांग्रेसको शेखर कोइराला समूहबीच भएको सहमति आधा घण्टामै तोडिएको छ । दाङ क्षेत्र नम्बर १ मा एमालेले कोइराला समूहका नेता डाक्टर गोविन्दराज पोखरेललाई सघाउने निर्णय भएको थियो ।
उक्त निर्णयबाट एमाले ब्याक भएपछि सो सम्झौता तोडिएको हो । काँग्रेस भित्रको विद्रोही समूहसँग चुनावी तालमेल हुनेभएपछि शेखर समूहका पोखरेललाई दाङ क्षेत्र नम्बर १ मा सघाउने एमाले महासचिव शंकर पोखरेलले बताएका थिए ।
तर, त्यसको आधा घण्टापछि शेखर समूहलाई सघाउने निर्णयबाट ब्याक भएको महासचिव पोखरेल बताए । यस क्षेत्रमा एमालेले शान्ता चौधरीले उम्मेदवारी दिँदै छन् ।
‘पहिले महासचिव पोखरेलले फोन गरेर गोविन्द पोखरेललाई सघाउने भएकाले उम्मेदवारी नदिन भन्नुभएको थियो,’ चौधरीले भनिन्, ‘अहिले फेरि तपाई नै उम्मेदवारी दिनुस् भन्नुभएको छ ।’