नेकपा नवौँ महाधिवेशन : भगौडाहरुलाई कडा दण्ड दिन प्रतिनिधिहरुको माग
कपिलवस्तु – नेकपाको नवौं महाधिवेशनमा प्रतिनिधिहरुले भगौडाहरुलाई कडा दण्ड दिनपर्ने माग राखेका छन् । महाधिवेशनको बन्दसत्रमा समूहगत सुझाव दिनेक्रममा प्रतिनिधिहरुले भगौडाहरुलाई कडा दण्ड गर्ने व्यवस्था गर्न सुझाव दिएका हुन् ।
शुक्रबार दिउसोबाट समूहका नेताहरुले आ–आफ्नोको सुझाव राखिरहेका छन् । बेलकासम्म ९ समूहका नेताहरुले सुझाव राखेका छन् । समूह नेताहरुले सुझावका क्रममा राजनैतिक प्रतिवेदन, विधान र जातीय प्रस्ताव मुल स्प्रिडमा सहि भएको तर केही परिमार्जन गर्नु पर्ने सुझाव दिएका छन् ।
प्रायः सवै समूहका नेताहरुले पार्टी बाट भागेका कञ्चन सुदर्शनलाई कडा दण्ड दिनुपर्ने माग गरेका छन ।उनीहरुले पार्टीको जग्गा जमिन र पैसा लिएर भागेकाले दण्ड दिनुको विकल्प नभएको वताएका हुन । पार्टीको कार्यकर्ताको लेविले किनेको कञ्चनको श्रीमतीको नाममा रहेको जग्गा पार्टीले कव्जा गर्नुपर्ने माग गरेका छन ।
विचलनकारी र भगौडाहरुलाई कुनै पनि हालतले छुट दिन नहुने सुझाव दिएका छन । पार्टीले गलत चिजलाई समयमै निराकरण गर्न नसक्दा अवसरवादी विचलनकारीहरुले चुनावको निहुमा पार्टी विभाजन गर्ने मौका पाएको वताएका छन ।
कञ्चन सुदर्शनहरु साम्रज्यवादी र दलालपुँजीवादी तत्वको योजना र षड्यन्त्रमा क्रान्तिकारी पार्टीलाई सिध्याउने योजनामा लागेको समूह नेताहरुको आरोप छ ।
वन्दसत्रमा समुह नम्वर १ वाट असल लिम्वु, समूह ४ वाट राजकुमारी, समुह ६ बाट असिना, समूह १० बाटा आरोह, समुह १३ बाट देवेन्द्र, समुह १५ वाट ध्रुव, समुह १८ बाट विमल, समूह १९ बाट संघर्ष र समूह २० बाट विजय गरी ९ जना समूह नेताहरुले सुझाव राखेका हुन ।
अझै ११ वटा समूहहरुको सझाव राख्न वाँकी छ । भोली सम्ममा सुझाव राख्ने क्रम जाने देखिएको छ ।