सार्वजनिक भयो राप्रपाको घोषणपत्र, के–कस्ता एजेन्डा समेटिए ?

सोमबार, १४ कार्तिक २०७९

काठमाडौँ— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्र सार्वजनिक गरेको छ।

आज बानेश्वरमा एक कार्यक्रमकाबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनीलगायतका नेताहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो।

राप्रपाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा भ्रष्टाचार रोक्ने र सम्पति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता ‘एजेन्डा’ समेटेको छ।

घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कार्ययोजना, लक्ष्य र प्रतिबद्धता समावेश गरिएको छ।

यसैगरी, घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ। प्रदेशलाई खारेज गरी दुई तहको सरकार हुनुपर्ने, अभिभावकीय संस्थाको रूपमा राजतन्त्र राखिने पनि उल्लेख गरिएको छ।