भक्तपुर २ अपडेट : मा महेश दुर्लभ थापाले बढाए मतान्तर

सोमबार, ५ मंसिर २०७९

भक्तपुर– भक्तपुर क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। प्रतिनिधि सभातर्फ सुरुवातमा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन्। उनले २ हजार २२८ मत पाएका छन्।

यही क्षेत्रका निर्वतमान सांसद महेश बस्नेत सुरुदेखि नै पछि परेका छन्। उनको १ हजार ६ सय ३० मत आएको सूचना प्राप्त भएको छ।

भक्तपुर २ बाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा नेकपा एमालेका बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।