मुस्ताङमा ह्वात्तै बढ्यो कांग्रेसको अग्रता
काठमाडौँ – प्रतिनिधि सभा तर्फ मुस्ताङमा नेपाली कांग्रेसको हग्रता ह्वात्तै बढेको छ । पछिल्लो प्राप्त विवरण अनुसार १९०० सय मत गन्दा नेपाली कांगेसका योगेशले १०६८ मत प्राप्त गरेका छन् ।
उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रेमप्रसाद तुलाचनले ८०७ मत प्राप्त ल्याएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको हो ।
यस्तै रास्वपाले १२ मत र बदर मत ३३ पुगेको रहेको छ । मतगणना बिहान ३ बजेर ३५ मिनेटबाट गन्न सुरु थियो । अहिले लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ र फल्याक मतदान केन्द्रको गणना भइसकेको छ।
मुस्ताङमा १०९५७ जना मतदाता रहेकोमा ७२३० मत खसेको थियो।