भक्तपुर २ मा रोचक भिडण्त, फेरी पछि परे महेश बस्नेत

सोमबार, ५ मंसिर २०७९

काठमाडौँ – भक्तपुर प्रतिनिधि सभा क्षेत्र नं २ मा रोचक प्रतिस्पर्धा देखिएको छ । एकैछिन अघि नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएकोमा फेरी कांग्रेस अगाडि आएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले ८१२१ मत ल्याएर अग्रता लिएका छन् । एमालेका उम्मेदवार बस्नेतले ७२०५ मतसहित उनलाई पच्छ्याईरहेका छन् ।

उनीहरु दुई उम्मेदवारबीच ९१६ मतको फरक देखिएको छ । अर्को पटक बस्नेतले अग्रता लिएभने अन्यथा नमाने हुन्छ ।