काठमाडौं ३ (१) बाट कांग्रेसका छिरिङ दोर्जे निर्वाचित
काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (१)बाट नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनामा लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका चुण्डी लामालाई हराउँदै प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन्।
छिरिङले ४ हजार ५५८ मत प्राप्त गरेका छन् भने चुण्डीले ३ हजार ५३६ मत पाए। प्रदेशसभातर्फको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रमान लामा भने १ हजार ४१५ मत प्राप्त गर्दै तेस्रो भए ।
यसक्षेत्रमा गठबन्धन नगरेको माओवादीका उम्मेदवार कपिलमुनी उप्रेतीले ३६६ मतसहित चौथो भए।