काठमाडौं ८ (क) बाट लौरोले खाता खोल्यो, बज्राचार्य विजयी

मंगलबार, ६ मंसिर २०७९

काठमाडौं – हाम्रो नेपाली पार्टीको लौरो अभियानले खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा शैलेन्द्रमान बज्राचार्य प्रदेशसभामा विजयी भएपछि लौरोले खाता खोलेको हो ।

बज्राचार्यले ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए । नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए ।