नेकपाले यसरी मनायो ९औं पार्टी पुनर्गठन दिवस
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले ९औं पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै मनाएको छ । नेकपाले देशभर विभिन्न कार्यक्रम गर्दै पार्टी स्थापना दिवस मनाएको हो ।
उपत्यकाका तीन जिल्लाले एकै ठाउँमा वैचारिक स्कुलिङसहितको विशेष कार्यक्रम गरि मनाएका छन् । काठमाडौँको युनिग्लोबल कलेजको सेमिनार हलमा वैचारिक स्कुलिङ सहितको कार्यक्रम आयोजना गरि हर्षउल्लासका साथ पार्टी पुर्नगठन दिवस मनाइएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रहेका नेकपा केन्दीय सल्लाहकार दीर्घप्रसाद सीले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । ९ वटा मैनबत्ती बालेलगत्तै प्रमुख अतिथि र अतिथि र सहभागीहरुबीच अविर लगाएर हर्षउल्लाहस मनाइएको थिए ।
कार्यक्रमको अध्यक्षता काठमाडौँ जिल्ला सेक्रेटरी तुलसीनारायण सीको रहेको थियो भने उपस्थित प्रमुख अतिथि, अतिथि र उपस्थित सम्पूर्णलाई नेकपा भक्तपुर सेक्रेटरी देव सीले स्वागत गरेका थिए ।
