विकल्पहरुको विकल्पमा जुट्‍नुको विकल्प छैन्ः महामन्त्री शर्मा

आइतबार, १० पौस २०७९

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई आग्रह गर्दै , विकल्पहरुको ‘विकल्पमा जुट्‍नुको विकल्प छैन्, हठ हतारो र आवेगमा कुनै निर्णय नगरौं। आलोचनाबीच गठबन्धन गर्ने, तर अपेक्षाको बीचमा जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न। समयले अभिभावकत्व खोजिरहेको छ। यो पनि त्यो पनि भनिरहँदा न यो न त्यो हुने अवस्थामा पुग्न हुन्न।’ लेखेका छन् ।

उनले हठ,हतारो र आवेगमा कुनै निर्णय नगर्न आग्रह गरेका छन्। सत्तागठबन्धनबाट प्रधानमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादीबीच सहमति नजुटेपछि महामन्त्री शर्माले सत्ता समीकरणमा हठ हतारो र आवेगमा निर्णय नगर्न आग्रह गरेका हु्न्।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति नजुटेपछि गठबन्धन तोडियो भन्दै प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए। प्रचण्ड अहिले केपी शर्मा ओली भेट्न बालकोटमा छन्।

गठबन्धनमा खटपटपछि एमालेलगायत अन्य राजनीतिक दलहरु छलफलमा जुटेका छन्।