एकिकृत समाजवादी पार्टी जसपासँग एकताको लागि छलफलमा

सोमबार, १८ पौस २०७९

काठमाडौं –  एकिकृत समाजवादी पार्टी जसपासँग एकताको लागि छलफलमा जुटेको बुझिएको छ  । जसपाका प्रवक्ता मनिष सुमनले नेकपा एससँग एकताका लागि हाम्रो छलफल भइरहेको बताएपछि  एकताका लगि छलफल भैरहेको बुझिएको हो ।

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकमा ३० जनाले आफ्नो धारणा राख्ने क्रममा पनि एकताको कुरा उठेको बुझिएको छ । आजबाट सुरु भएको बैठक भोलिपनि बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘सरकारमा जाने बारेमा औपचारिक रुपमा प्रस्ताव आएको छैन । अहिले हामी सरकारलाई कसरी हेर्ने भन्ने विषयमा छलफल भइहरेको छ । औपचारिक प्रस्ताव आएकै छैन ।’

उनले वामपन्थी एकताको पक्षमा भएपनि अहिले तत्काल कसैसँग एकता गर्ने पक्षमा नरहेको बताए ।

उनले भने, ‘प्रचण्डसँग हामी सहकायैमा थियौं । उहाँ प्रधानमन्त्री हुनुभएको छ । व्यक्तिगत रुपमा उहाँप्रति सद्भाव छ । त्यसैले हामीले नीतिगत निर्णय गर्नका लागि बैठक राखेका हौँ । त्यसैले सरकारमा जान हाम फाल्ने खुट्टो उचाल्ने कुनै पक्षमा छैनौँ। हामी जे गर्छौ परिपक्व ढंगबाट निर्णय गछौँ ।’

जसपाका प्रवक्ता मनिष सुमनले नेकपा एससँग एकता भयो भने कुनै आश्चर्य नमान्दा हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘कस्तो राम्रो कुरा गर्नुभएछ । एकताका लागि हाम्रो छलफल भइरहेको छ ।’