अर्थतन्त्रमा देखिएको समस्या समाधानबारे छलफलमा जुटे प्रधानमन्त्री सहित अर्थमन्त्री र गभर्नर अधिकारी

बुधबार, २० पौस २०७९

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी निवास बालुवाटारमा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री संग भएको उनिहरुको भेटघाटमा अर्थतन्त्रमा देखिएको समस्याको समाधानबारे छलफल भएको हो ।

प्रधानमन्त्री दाहालले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी लिनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री दाहालले कार्यभार सम्हालेपछि पहिलोपटक आज अर्थमन्त्री र गभर्नरलाई सँगै राखेर छलफल गरेका हुन् । साथै प्रधानमन्त्री दाहालले विदेशबाट आउँदा दुई वटा फोन ल्याउन सहज गर्नपनि निर्देशन दिएका छन् ।