सहमति एउटा मन्त्रालय अर्को दिएको भन्दै, जनमत पार्टीले खानेपानी मन्त्रालय गर्यो अस्विकार
काठमाडौँ – सहमति एउटा मन्त्रालय अर्को दिएको भन्दै, जनमत पार्टीले आफ्नो भागमा परेको मन्त्रालय अस्विकार गरेको छ ।
सरकारको नेतृत्वको गरेको दलले हामीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति जनाएको थियो । तर, आज खानेपानी मन्त्रालय दिएकाले सो मन्त्रालय हाम्रो पार्टीले अस्वीकार गरेको खानेपानीमा नियुक्त भएका जनमत पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले बताएका हुन् ।
भाबण्डामा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको भएपनि पार्टीले सो मन्त्रालयले अस्वीकार गरेको हो । खानेपानीमा नियुक्त भएका जनमत पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आफूले सो मन्त्रालयको कार्यभार नसम्हाल्ने समेत बताएका छन् ।
सरकारले यो निर्णय फिर्ता नलिएसम्म सो मन्त्रालय आफू नजाने बताउँदै उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भन्ने विषयमा छलफलमा जुटेको पनि बताए ।